Comments Add Comment

अपडेटः मलेसियामा विषाक्त मदिराबाट मृत्यु हुने नेपालीको संख्या ६ पुग्यो

३ असोज, काठमाडौं । मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या ६ पुगेको छ । अन्य १७ जना नेपाली गम्भीर बिरामी परेका छन् ।

सुनगाई बुलोच अस्पतालमा पाँच जनाको र काजङ अस्पतालमा एक जनाको मृत्यु भएको मलेसियाका लागि कार्यवाहक नेपाली राजदूत कुमारराज खरेलले जानकारी दिए ।

बिरामी परेकाहरुमध्ये सुनगाई बुलोच अस्पतालमा ९ जनाको र काजङ अस्पतालमा पाँच जनाको उपचार भइरहेको छ । व्याङटिङ, अमपाङ र क्लाङ अस्पतालमा पनि एक–एक जनाको उपचार भइरहेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ । बिरामी परेकाहरुमध्ये अधिकांशको अवस्था गम्भीर छ ।

मलेसियाको सेलेङगर शहरमा रोजगारीका लागि गएकाहरु मदिरा सेवनबाट मृत्यु र बिरामी परेका हुन् । मलेसियाको राजाको जन्मोत्सवको अवसरमा दिइएको सार्वजनिक विदाको दिन उनीहरुले मदिरा सेवन गरेका थिए । मदिरा सेवन गरेकाहरुमा सास फेर्न गाह्रो हुने, वान्ता हुने जस्ता लक्षण देखिएको थियो । त्यसलगत्तै उनीहरुलाई अस्पताल पु¥याइएको थियो ।

मलेसियामा विषाक्त मदिरा सेवनबाट नेपालीको मृत्यु तथा बिरामी भएको खबर सार्वजनिक भएलगत्तै त्यहाँस्थित नेपाली दूतावासले दुई टोली खटाएर उपचारमा सहजीकरण गरिरहेको कार्यवाहक राजदूत खरेलले जानकारी दिए । कार्यवाहक राजदूत खरेल नेपालीको अवस्था बुझ्न अस्पताल पनि पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment