Comments Add Comment

रक्सीले मात्तिएर सर्प निल्दा गयो ज्यान

रक्सीको नशामा मानिसले होस गुमाएर यस्ता यस्ता काम पनि गर्छन् कि त्यसबाट ठूलो मूल्य चुकाउनु पर्दछ ।

भारतको उत्तर प्रदेशमा हालै यस्तो एउटा घटना भएको छ । उत्तर प्रदेशको अमरोहाका एक व्यक्तिले रक्सीले मात्तिएको बेला जिउँदा विषालु सर्प खाँदा उनको मृत्यु भएको छ ।

४० वर्षका महिपाल नामका व्यक्ति रक्सीले चूर भएर सडकमा हल्लिँदै हिडिरहेका थिए । त्यत्तिकैमा सडकमा घस्रिरहेको एउटा सर्पको बच्चा उनले देखे । उनको होस गुमेको थियो । त्यसैले उनले सो सर्पलाई च्वाप्प समाते र हावामा घुमाउन थाले ।

सर्पको बच्चालाई कहिले हातमा उफार्ने र कहिले भुइँमा खसाल्ने गरेर खेलाइरहेका थिए उनले । उनको त्यो तमासा हेर्ने मानिसहरुको भिड लाग्यो त्यहाँ । मानिसहरुले उनलाई रोक्नुको साटो झनै उक्साइरहेका थिए । उनले त्यत्तिकैमा त्यो सर्पको बच्चालाई मुखमा हाले र निले ।

सर्प निलेको केही बेरमै उनको अवस्था बिग्रिन थाल्यो । उनलाई अस्पताल लगियो । उनले निलेको सर्प उनको स्वास नलीतिर छिरेछ । उनले त्यसो हुँदा उनले स्वास फेर्न त सकेनन् नै सर्पले डसेपछि सरीरमा विष पनि फैलियो । जसका कराण उनको चार घण्टामै मृत्यु भयो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment