Comments Add Comment

कुकुरलाई बनाइयो सहरको मेयर

हाम्रो देशमा उसै त नेताहरुको छवि जनताको नजरमा निकै खराब छ । चुनावमा भोट हालेका उनै नेताहरुलाइ जनताले दुत्कार्नु परेको छ । तर हामीकहाँ तिनै नेताको विकल्प छैन ।

उता अमेरिकामा भने जनताले नेताको विकल्प निकालेका छन् । जनताले कुकुरलाई आफ्नो सहरको मेयर चुनेका छन् ।

क्यालिफोर्नियाको इडिलविल्ड सहरका बासिन्दाले गोल्डेन रिट्रिभर जातको कुकुरलाई मेयरको कुर्सी सुम्पिएका छन् । नवनिर्वाचित उक्त मेयर कुकुरको नाम मेक्सिमस म्यूलर हो ।

मेयरको काँधमा धेरै जिम्मेवारी सुम्पिएको छ । मेयरलाई सघाउनका लागि थप दुईवटा कुकुरलाई उप मेयरमा नियुक्त गरिएको छ । दुबै उपमेयर कुकुर पनि गोल्डेन रिट्रिभर जातकै हुन् । उनीहरुको नाम माइकी र मित्जी हो । उनीहरु दिदीभाई हुन् । मेयर चाहीँ उनीहरुको भतिज ।

मेयर म्यूलरलाई कामकाजमा सजिलो होस् भनेर एउटा गाडीको सुविधा पनि दिइएको छ ।

नयाँ मेयरको कार्यजिम्मेवारी अन्तर्गत पर्यटक, स्थानीय मानिसहरु तथा सञ्चार माध्यमसँग धेरै भन्दा धेरै तस्वीर खिचाउनु रहेको छ । साथै सहरमा हुने हरेक सार्वजनिक कार्यक्रममा मेयर अनिवार्य रुपमा उपस्थित हुनुपर्नेछ

स्मरण रहोस् एनिमल रेस्क्यू फ्रेण्ड नामक संस्थाले निर्वाचन गराएर मेयर र उपमेयरहरुको छनोट गरेको हो । यद्यपि, यी मेयर तथा उपमेयरले कानूनी मान्यता भने पाएका छैनन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment