Comments Add Comment

दिनप्रतिदिन कमजोर बन्दै नेपाली रुपैयाँ

३ असोज, काठमाडौं । अमेरिकी डलर दिनप्रतिदिन शक्तिशाली बन्दै गएको छ । बुधबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिदर १ सय १६ दशमलव ४७ रुपैयाँ र बिक्री दर १ सय १७ रुपैयाँ ७ पैसा तोकेको छ ।
यो हालसम्मकै उच्च हो । अमेरिकी डलर शक्तिशाली हुादा भारतीय रुपैयाँ भने कमजोर बन्दै गएको छ ।

भारतीय रुपैयाँ र नेपाली रुपैयाँबीचको विनिमय दरका कारण अमेरिकी डलर वलियो बन्दा यसको असर नेपाललाई समेत प्रत्यक्ष रुपमा पर्ने गरेको छ । अमेरिकी डलर बलियो बन्दा नेपाली रुपैयाँ स्वतः कमजोर हुने हुँदा पनि यसले मुलुकको अर्थतन्त्रलाई प्रत्यक्ष असर पर्ने अर्थविदहरु बताउँछन् ।

विश्वव्यापीकरण, आर्थिक उदारीकरण, आयात-निर्यात लगायतका कारण डलरको भाउमा हुने उतार चढावका सोझा असर नेपाली अर्थतन्त्रमा पनि पर्ने गर्छ । अमेरिकी डलर बलियो बन्दै जाने र नेपाली मुऽा कमजोर बन्दै जाने हो भने नेपालीहरु महंगीको मारमा पर्ने अर्थविद्हरु बताउँछन् ।

नेपालसँग निर्यात गर्न सक्ने क्षमता नभएको र आयातममै भर पर्नु पर्ने हुँदा अमेरिकी डलरको भाउँ बढ्दा महंगीको पीडा नेपालीले भोग्नुपर्ने अर्थविद्हरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment