Comments Add Comment

‘कथा काठमाण्डु’को पावरफूल के ? ‘कन्ट्रोभर्सी कि कथा’ ?

असोज १२ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘कथा काठमाण्डु’लाई चलचित्र सेन्सर बोर्डले ‘पीजी सर्टिफिकेट’ दिएको छ । विवादस्पद दृश्यका कारण यो चलचित्रले पीजी पाएको हो । चलचित्रको ट्रेलर नहटाइएको कारवाही गर्ने पत्र चलचित्र विकास बोर्डले काटेतापनि त्यो पत्रमा बोर्ड अध्यक्षको आलोकाँचो काम देखिएको थियो ।

तर, चलचित्रलाई सेन्सर बोर्डले ‘एडल्ट’ सर्टिफिकेट नदिएर ‘पीजी’ दिएपछि यसभित्र उच्छृङ्खल दृश्य नभएको प्रष्ट भएको छ । चलचित्रकी निर्देशक संगीता श्रेष्ठका अनुसार, श्रीमतिको इच्छा विपरित हुने सम्बन्धलाई बलात्कार भनिन्छ भन्ने कथालाई चलचित्रमा देखाउन खोजिएको छ ।’

चलचित्र रिलिज अगाडि यसको प्रचार राम्रैसँग भैरहेको छ । प्रचार अगाडि यो चलचित्रलाई विभिन्न कन्ट्रोभर्सीले जुरुक्कै उचालेको छ । तर, निर्देशक श्रेष्ठ कथावस्तु पनि पावरफूल भएको बताउँछिन् ।

विजय राइको निर्माणमा तयार भएको चलचित्रमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, प्रमोद अग्रहरि, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment