Comments Add Comment

चर्को विवादपछि सलमानको ‘लभरात्री बन्यो लवयात्री’

धार्मिक विवाद उब्जेपछि बलिउड अभिनेता सलमान खानले आफ्नो फिल्मको नाम परिवर्तन गरेका छन् । उनले ‘लवरात्री’ लाई संसोधन गरेर ‘लवयात्री’ बनाएका हुन् ।

लवरात्री नाममा हिन्दूवादीहरुले आपत्ति जनाएका थिए । यो नामले हिन्दू पर्व ‘नवरात्री’ को अपमान गरेको उनीहरुको आरोप थियो । सलमानले फिल्म पनि नवरात्रीकै सेरोफेरोमा रिलिज गर्ने योजना बनाएका थिए ।

लवरात्री नाममा फिल्मको ट्रेलर रिलिज भइसकेको छ । ट्रेलर रिलिजलगत्तै विवाद उब्जेको थियो । ‘हिन्दू हि आगे’ नामक संगठनले फिल्मको पोष्टर जलाएको थियो । एक वकिलले बिहारको अदालतमा फिल्मको टाइटललाई लिएर मुद्दा समेत दिएका छन् ।

विवाद तीव्र भएपछि नाम बदल्ने निर्णय सलमानले गरेका हुन् । तर, चलाखीपूर्वक मिल्दोजुल्दो नाम राखिएको छ । सर्प पनि मर्ने र लठ्ठी पनि नभाँचिने हिसाबले । उनले मंगलबार राति फिल्मको नयाँ नाम सहितको नयाँ पोस्टर सार्वजनिक गरेका थिए । त्यसमा उनले लेखे, ‘यो कुनै स्पेलिङ मिस्टेक होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment