Comments Add Comment

यातायात समितिको रोक्का बैंक खाता खुला गर्ने गृहकार्य

३ असोज, काठमाडौं । सरकारले यातायात समितिहरुको रोक्का रहेका बैंक खाता खुला गर्न आन्तरिक गृहकार्य सुरु गरेको छ । यसका लागि यातायात व्यवस्था विभागले विभिन्न विकल्पसहितका सझुाव अघि सारेको छ ।

दशैंको अगि्रम टिकेट बुकिङका लागि व्यवसायीले बस सञ्चालन, कर्मचारी व्यवस्थापन, काउन्टटरको सञ्चालन लगायतमा खर्चको समस्या देखाएका थिए । पैसा जति सबै रोक्का भएको खातामा रहेकाले दशैंको खर्च व्यवस्थापन गर्न नसकिने व्यवसायीको भनाइ थियो ।

विभागले खाता खोल्न वा आवश्यक रकम झिक्न दिने आश्वासन दिएपछि व्यवसायी असोज ५ गतेबाट बुकिङ खोल्न समहत भएका थिए । त्यसैअनुसार समितिका खातामा रहेको पैसा खर्च गर्न दिन प्रस्ताव अघि बढाइएको हो ।

त्यसैका आधारमा यवस्था विभागले यातायात, अर्थ र गृह मन्त्रालयलाई विभिन्न विकल्पहरुसहित खाता खोल्न सुझाव दिएको छ । विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले समिति कम्पनीमा गएपछि सबै रकम कम्पनीकै खातामा सार्ने, आवश्यक खर्चको व्यवस्थापन गर्ने लगायतका ४-५ वटा विकल्पहरु अघि सारेर सरकारलाई सुझावहरु दिएको बताए । यसअघि पनि साउनसम्मको खर्च रोक्का खाताबाट भुक्तानी गर्ने गरी सरकारले समितिहरुसाग विवरण लिएको थियो ।

‘प्रधानमन्त्रीबाटै यसमा आवश्यक व्यवस्था गर्ने भन्ने निर्देशन थियो, त्यसअनुसार के-के गर्न सकिन्छ भनेर हामीले विकल्पहरु दिएका हौं,’ उनले भने,’निर्णय गर्ने हामीले होइन । रोक्का खाता खोल्ने विषय अर्थ र गृहको विषय हो ।’

व्यवसायीले घाइतेको उपचारमा पनि समस्या भइरहेको बताएका छन् । यातायात समितिहरुलाई सरकारले पुसम्म कम्पनीमा जान समय दिएको छ ।

व्यवसायीले समितिको रोक्का भएको बैंक खाताको रकम राष्ट्रियकरण हुनसक्ने देखेपछि सो रकम निकाल्न विभिन्न जोडबल गर्दै आएका छन् । त्यसैअनुसार उनीहरुले दशैंको बुकिङमा पनि बार्गेनिङ गरेका थिए ।

विभागका महानिर्देशक लावण्य ढकालले बुकिङको लागि कुनै सहमित नगरिएको दावी गरे । उनले यातायात समतिका सम्पत्ति के गर्ने भन्ने विषय गृह मन्त्रालयको भएको बताए । उनले विभागले चाहेर समितिको खाता नखुल्ने भन्दै आवश्यक निर्णय मन्त्रालयले नै गर्ने बताए ।

सरकारले दशैंपछि सार्वजनिक सवारीको भाडा समायोजन गर्ने मौखिक सहमति पनि गरेको छ । पछिल्लो समयमा डिजेल/पेट्रोलको मूल्य उच्च रुपमा बढिरहेकाले भाडा समायोजन गर्नुपर्ने माग व्यवसायीले गरेका छन् ।

सरकारले त्यसमा पनि सकारात्मक जवाफ दिएपछि व्यवसायी बुकिङ खोल्न राजी भएको पिवभागका एक् अधिकारीले अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment