Comments Add Comment

निराजन र प्रविशाको ‘विस्तारै विस्तारै’

गायक निराजन कँडेल र गायिका प्रविशा अधिकारीको स्वरमा रहेको आधुनिक गीत ‘बिस्तारै बिस्तारै’को भिडियो रिलीज भएको छ । भिडियोमा सागर थापा र स्वाती श्रेष्ठको अभिनय  छ ।
प्रमोद कोईरालाको शब्द तथा संगीत रहेको गीतको भिडियोले बालापान देखि नै प्रेमलाई दर्शाएको छ । भिडियोको निर्देशन गणेश शाहीले गरेका छन् ।
गायक निराजन कँडेलले आफ्ना सबै गीतहरुमध्ये बढि आशा गरेको गीत ‘बिस्तारै बिस्तारै’ रहेको बताए । गायिका प्रविशा अधिकारीले आफुले यो गीतलाई आँफैले मात्रै पनि गाएको र त्यो पछि आउने बताईन् ।
भिडियोमा फराज अर्पणको छायांकन तथा सम्पादन छ ।  निरा कँडेल, जानकी देवी कँडेल र जोफ्रे मिरेन्जी निर्माता रहेको भिडियोमा बाल कलाकारको रुपमा शाश्वत र अनुश्रेया छन् भने राजेश बिशुराल र स्विक्षा राज बिशुरालको पनि अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment