Comments Add Comment

कर्णालीका मुख्यमन्त्री शाही चीन प्रस्थान

३ असोज, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही तीन सदस्यीय टोलीसहित चीन प्रस्थान गरेका छन् ।

शाही मुख्यमन्त्री निर्वाचित भएपछिको पहिलो औपचारिक विदेश भ्रमणका लागि चीन प्रस्थान गरेका हुन् । एअर चाईनाको विमानबाट बुधबार विहान १०ः३० बजे त्रिभुबन अन्तर्राष्ट्रिय बिमानस्थलबाट चीन प्रस्थान गरेका हुन् ।

चीनको सिचुआन प्रान्तका गभर्नर यिन लीको औपचारिक निमन्त्रणामा चीन भ्रमणमा गएका मुख्यमन्त्री शाही ‘वेस्टर्न चाइना इन्टरनेशनल फेयर’ र बीआरआई कन्फरेन्समा सहभागी हुने कार्यक्रम रहेको छ ।

मुख्यमन्त्री शाहीको भ्रमण द्धिपक्षीय हित र प्रदेशको विकासका लागि अन्तर्राष्ट्रिय लगानीको वातावरण बनाउन केन्दि्रत हुने कार्यवाहक मुख्यमन्त्री नरेश भण्डारीले जानकारी दिए ।

चीन प्रस्थानअघि मुख्यमन्त्री शाहीले चीनसँग सीमा जोडिएको कर्णाली प्रदेशको समग्र विकासका लागि चीन सरकारको सहयोगका लागि आव्हान गर्ने बताएका छन् ।

भ्रमणका क्रममा कर्णाली प्रदेशको लाईफलाईनका रुपमा रहेको हिल्सा जमुनाहा द्रुतमार्ग निर्माणका लागि चाइना हाइवे कम्पनीसँग छलफल गर्ने र प्रारम्भिक सहमति पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

सेप्टेम्वर १९ देखि २४ सम्म हुने ६ दिने भ्रमणका क्रममा सरकारी तथा निजी क्षेत्रसँग द्धिदेशीय सीमा नाका निर्माण, जलविद्युत विकास, पर्यटन पूर्वाधार निर्माणका क्षेत्रमा लगानीका लागि आग्रह गर्ने पनि मुख्यमन्त्री शाहीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment