Comments Add Comment

सरकारले संघीयतालार्इ अलोकप्रिय बनायोः कांग्रेस

३ असोज, काठमाडौं । नेपाली कांग्रेसले सरकारको कडा आलोचना गरेको छ ।

संविधान दिवसको अवसरमा बुधबार पत्रकार सम्मेलन गरी कांग्रेसले संविधान कार्यान्वयनको पछिल्लो अध्याय किन अझै अधुरो भन्दै ११ बुँदामा सरकारको आलोचना गरेको हो ।

पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ११ बुँदै प्रेस विज्ञप्ति सार्वजनिक गर्दै सरकारको कामले संघीयतालाई अलोकप्रिय बनाउन सहयोग गरेको आरोप लगाए । ‘ राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग निर्माणमा संघीय सरकारले ढिलाइ गरेका कारण जथाभावी कर निर्धारणको स्वन्छन्दताले अन्तत संघीयतालाई अलोकप्रीय बनाउने डिजाइनलाई बल पुगेको छ ।’ विज्ञप्तिमा भनिएको छ ।

संघीयतासहितको संविधान बनेर तीन तहका सरकार गठन भएपनि केन्द्रीय सरकारको इच्छाशक्ति र क्षमता प्रस्तुत गर्न नसकेको र प्रदेश र केन्द्रबीचको द्वन्द्व सार्वजनिक हुँदा संघीयताप्रति नकरात्मक प्रभाव परेको कांग्रेसको तर्क छ ।

कर्णाली र गण्डकी प्रदेश बाहेक अन्य पाँचवटा प्रदेशको नामाकरण र राजधानीको टुंगो नलागेको र त्यसप्रति गम्भीरतापूर्वक विषय प्रबेश नै नगराइएको कांग्रेसको आरोप छ ।

सरकार संविधान पालना र संविधानप्रति अपनत्व विस्तारमा चुकेको, कांग्रेसको आरोप छ । यस्तै संविधान अनुरुप लोकतान्त्रिक चरित्र नभएको, शान्ति सुरक्षा कायम गर्न नसकेको कांग्रेसले बताएको छ ।

पार्टी कार्यालय सानेपामा अायोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता विश्वप्रकाश शर्माले संविधान कार्यान्वयनको आधार अधुरै रहेको बताए । सरकारकै कमजोरीका कारण संविधान दिवसको अवसरमा कतै कालो दिवससमेत मनाएका दृश्य देखिएको प्रवक्ता शर्माले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment