Comments Add Comment

नारायणगढमा सुरु भयो राष्ट्रिय लाखे नाच प्रतियोगिता

३ असोज, चितवन । अरु दिन भन्दा बुधबार नारायणगढ बजारको बेग्लै माहोल थियो । मुकुण्डो लगाएर लाखेहरु नाचगान गरिरहेका थिए भने हेर्नेको त्यस्तै भिड थियो ।

यो दृश्य, छैटौं राष्ट्रिय लाखेनाच प्रतियोगिताको हो । नारायणगढ क्षेत्रमा बसोबास गर्दै आएका नेवार समुदायले विगत १२ देखि नारायणगढमा राष्ट्रिय लाखेनाच गर्दै आएको छ ।

पछिल्ला बर्षहरुमा लोक संस्कृति संरक्षण तथा राष्ट्रिय लाखेनाच प्रतिष्ठान नेपाल नै गठन गरी उनीहरु यो मौंलिक संस्कृती र परम्परा संरक्षणमा लागेका छन् ।

प्रतियोगिताको सस्कृती, पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारीले उद्घाटन गरे ।

प्रतियोगितामा देशका ४० टिमको सहभागीता छ । प्रतिष्ठानका अध्यक्ष निर्जललाल श्रेष्ठले पूर्वको इलाम, संखुवासभादेखि सुदूरपश्चिमसम्मका समूहले प्रतियोगितामा सहभागिता जनाएको जानकारी दिए । एउटा प्रतियोगीलाई प्रस्तुतीका लागि १० मिनेटको समय दिइने छ ।

निणार्यक मण्डलको संयोजकमा डा. चुण्डा बज्राचार्य छन् भने सदस्य एकाराम सिं र राश जोशी छन् ।   बज्राचार्यका अनुसार लाखे प्रतियोगिहरुको शोभायात्रा, लाखे नाँचको प्रस्तुती, मुखौटा, भेषभुषा, बाजाको ताल, झ्याली, गीत संगित, साहायक लाखेको नाँच, अन्य विषेश केही छ भने त्यसलाई मूल्याङ्कनको आधार बनाइने छ ।

दुईदिन सम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुनेले ७५ हजार, द्वितीयले ५० हजार, तृतियले २५ हजार र ४ वटा सान्त्वना समूहले दश/दश हजार पुरस्कार प्राप्त गर्ने निर्वतमान अध्यक्ष राजेन्ऽकुमार पियाले जानकारी दिए ।

उनका अनुसार विसं २०६४ सालदेखि नारायणगढमा लाखेनाच प्रतियोगिता हुँदै आएको छ । पहिला टोल सुधार समितिका नाममा चार पटकसम्म प्रतियोगिता भयो । पछि प्रतिष्ठान नै गठन गरेर प्रतियोगितालाई निरन्तरता दिइएको हो ।

लोप हँुदै गएको लाखे संस्कृति जोगाउन र नयाँ पुस्तालाई सभ्यताको जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ ।

देशभर छरिएर रहेका यस्ता समूहलाई एकैस्थानमा भेला गरी प्रतियोगिताकै रूपमा लाखे प्रस्तुत गर्ने चितवन नै पहिलो जिल्ला भएको उसको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment