Comments Add Comment

मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु

३ असोज, भक्तपुर । ठिमी नगरपालिका–४ चारदोबाटोस्थित अरनिको राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा७०प १६६५ नंको मोटरसाइकलले बाटो काट्दै गरेको मध्यपुरठिमी चारदोबाटो बस्ने ८० वर्षीय जोगभक्त श्रेष्ठलाई ठक्कर दिँदा श्रेष्ठको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक मिलन केसीले घाइते श्रेष्ठको मध्यपुर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको जानकारी दिए । प्रहरीले मोटरसाइकल र चालक भारत विहार घर भई हाल सूर्यविनायक नगरपालिका बालकोट बस्ने ३० वषीय शम्लेशकुमार सिंहलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment