Comments Add Comment

पाकिस्तानलाई हराउँदै भारत बन्यो समूह विजेता

३ असोज, काठमाडौं । चिरप्रतिद्वन्द्वी पाकिस्ताानमाथि ८ विकेटको शानदार जित हात पार्दै भारत एसिया कपमा समूह एको विजेता बनेको छ ।

पाकिस्तानलाई मात्र १६२ रनका अलआउट गरेको भारतले २९ ओभरमा २ विकेट गुमाएर लक्ष्य भेट्टायो । उसका लागि कप्तान रोहित शर्माले ५२ रन बनाए भने शिखर धवनले ४६ रनको योगदान दिए । अम्बाती रायडू र दिनेश कार्तिक समान ३१ रनमा अविजित रहे ।

यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानको सुरुवात खराब रह्यो । ३ रन जोड्दा २ विकेट गुमार्एको उसको पारी बाबार अजाम र सोएब मल्लिकले सम्हाल्ने प्रयास गरे ।

तर, २२ औं ओभरको दोस्रो बलमा बाबार आउट भएपछि फेरि विकेट पतन सुरु भयो र ४३.१ ओभरमा १६२ रन बनाउँदा अलआउट भयो ।

भारतका भुवनेश्वर कुमार र उमेश जादभले समान ३ विकेट लिए भने बुराहले २ विकेट हात पारे ।

हारका बाबजुद पाकिस्तान पनि अघिल्लो चरणमा पुगेको छ ।

भारत-पाकिस्तान भिडन्त सुपर ४ मा पनि हेर्न पाइनेछ । किनकी सुपर ४ मा पुग्ने सबैले एक-अर्काविरुद्ध खेल्नुपर्ने नियम छ । यदि भारत र पाकिस्तान फाइनलमा पुगेमा तेस्रो र निर्णायक भिडन्त पनि हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment