Comments Add Comment

२९ औं मिनेटमा नै राेनाल्डोलाई रातो कार्ड, युभेन्ट्सको जित

४ असोज, काठमाडौं । च्याम्पियन्स लिगको समूह ए अन्तर्गत भ्यालेन्सियाविरुद्धको खेलमा क्रिष्टियानो रोनाल्डो खेलको २९ औं मिनेटमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका छन् ।

बुधबार राति च्याम्पियन्स लिगमा भएको खेलमा रोनाल्डोले रातो कार्ड पाएसँगै इटालियन क्लब युभेन्ट्स १० खेलाडीमा सिमित बनेको थियो । भ्यालेन्सियाका डिफेन्डर जेइसन मुलिरोलाई उसैको डिबक्समा फउल गरेपछि रोनाल्डोले कपालमा समातेर दुव्र्यबहार गरेका थिए । लगत्तै उनलाई रेफ्रीले रातो कार्ड दिए र उनी मैदानबाट बाहिरिए ।

१० खेलाडीमा सिमित भएसँगै युभेन्ट्स दबावमा आउने निश्चित जस्तै थियो तर, युभेन्ट्सले भ्यालेन्सियालाई २–० गोलअन्तरले पराजित गर्दै च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ ।

युभेन्ट्सलाई जित दिलाउने क्रममा दुबै गोल मिरालिम पजनिकले गरे । खेलको ४५ औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै पजनिकले युभेन्ट्सलाई १–० को अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १–० गोलले अघि रहेको युभेन्ट्सले दोस्रो हाफमा पनि थप १ गोल गर्न सफल भयो । खेलको ५१ औं मिनेटमा पजनिकले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई २– ० को जित दिलाए ।

१० खेलाडीमा सीमित बनेको युभेन्ट्समाथि भ्यालेन्सियाले राम्रो खेल्न सकेन । भ्यालेन्सियाले पेनाल्टीबाट गोल गर्ने अवसर पाएपनि त्यसको सदुपयोग गर्न सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment