Comments Add Comment

आफ्नै मैदानमा म्यान्चेस्टर सिटीको नमिठो हार

४ असोज, काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा नसोचेको नतिजा हात पारेको छ ।

बुधबार राति च्याम्पियन्स लिगअन्तर्गत समूह चरण ‘एफ’ को खेलमा सिटी फ्रेन्च क्लब लियोनसँग २-१ गोलले पराजित भएको हो । आफ्नै घरेलु मैदान इतिहाद रंगशालामा सिटीले हार ब्यहोर्दै महत्वपूर्ण तीन अंक लियोनलाई सुम्पेको हो ।

सिटी पहिलो हाफमा नै २-० गोलले पछि परेको थियो । निकै दबावमा खेलेको सिटीले पहिलो हाफमा कुनै राम्रो खेल्न सकेन । लियोनका लागि खेलको २६ औं मिनेटमा म्याक्श्वेल कर्नेटले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ४३ औं मिनेटमा नविल फेकिरले गोल गर्दै लियोनलाई दोब्बर अग्रतामा पुर्‍याएका थिए ।

पहिलो हाफमा २-० गोलले पछि परेको सिटीले दोस्रो हाफमा १ गोल फर्काए पनि लियोनलाई रोक्न भने सकेन । सिटीले खेलको ६७ औं मिनेटमा बर्नार्डो सिल्भाले गोल गर्दै २-१ गोलको स्थितिमा पुर्‍याएका थिए ।

बाँकी समयमा दुबै टिमले गोल गर्न नसकेपछि लियोनले सिटीलाई २-१ गोलले पराजित गरेको हो । बुधबार राति नै यसै समूहको खेलमा होफेनहाइम र शख्तर डोनेस्कले २-२ गोलको बराबरी खेलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment