Comments Add Comment

अख्तियार प्रमुखमा सिफारिस घिमिरेको सुनुवाइ आज

४ असोज, काठमाडौं । संवैधानिक परिषदबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तमा सिफारिस नवीनकुमार घिमिरेले आज संसदीय सुनुवाइ समितिको सामना गर्दैछन् ।

संवैधानिक परिषदले गत भदौ २० गते आयोगका कार्यवाहक प्रमुख आयुक्त घिमिरेको नाम प्रमुख आयुक्तमा सिफारिस गरेपछि सुनुवाइ समितिले उजुरी आह्वान गरेको थियो । समितिले भदौ २४ बाट असोज १ भित्र समितिमा आफैं आएर वा जिल्ला प्रशासन कार्यालयमार्फत् उजुरी गर्न भने पनि उनीविरुद्ध कुनै पनि उजुरी नपरेको बताइएको छ ।

यसअघि लोकमानसिंह कार्कीलाई आयोगको प्रमुख आयुक्त सिफारिस गर्दा त्यसको चर्को आलोचना भएको थियो । तर घिमिरे भने निर्विवाद देखिएका छन् । उनी ०७१ मा आयोगको आयुक्तमा नियुक्त भएका थिए ।

सुनुवाइ समितिका अनुसार, बिहीबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । घिमिरेविरुद्ध कुनै उजुरी नपरेको र विवादसमेत नदेखिएकाले उनको नाम पारित हुने लगभग पक्कापक्की जस्तै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment