Comments Add Comment

बारीमा फल्यो पहाडजत्रै बन्दा, हेर्नेको घुइँचो

बेलायतका एक ७५ वर्षीय किसानले ३० किलोको भिमकाय बन्दा आफ्नो बारीमा फलाएर सबैलाई छक्क पारिदिएका छन् ।

किसानको नाम नीम इयान हो । नर्थ योर्कशायरस्थित हेगोरेट अटम फ्लावर शो मा उनले आफ्नो बन्दाको प्रदर्शन गरेका छन् ।

यी वृद्ध किसान आफुले फलाएको बन्दाकोभीका कारण पुरस्कृत पनि भएका छन् । प्रदर्शनीमा आएका सबैजनाले उक्त बन्दा हेरेर निकै प्रसंसा गरे उनको । हातमै जादू रहेछ भने धेरैले ।

वास्तवमा यी वृद्धको हातमा जादू नै छ । भिमकाय तरकारी फलाउनमा उनी पारंगत छन् । यसअघि पनि उनले निकै वजनदार तरकारीहरु फलाइसकेका छन् ।

पछिल्लोपटक फलाएको बन्दा प्राकृतिक तबरले उब्जाएको उनको दाबी छ । तर यो उब्जाउनका लागि निकै मेहेनत उनले गर्नुपर्यो । आफुले अहिलेपनि आफ्नो बारीमा अन्य ठूला तरकारीहरु फलाइरहेको भन्दै उनले केही समयपछि नै ती तरकारीहरु पनि प्रदर्शन गर्ने बताएका छन् ।

यद्यपि उनको ३० किलोको बन्दाले किर्तिमान भने कायम गर्न सकेको छैन । विश्वको सबैभन्दा ठूलो बन्दागोभी फलाउने किसानको रुपमा अमेरिकाका स्कट रबको नाममा विश्व किर्तिमान छ । उनले ६२ किलोको बन्दा फलाएका थिए ।

एजेन्सी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment