Comments Add Comment

एक वर्षभित्र नेपालगञ्ज विमानस्थलबाट पनि अन्तर्राष्ट्रिय उडान हुने

४ असोज, काठमाडौं । नेपालगञ्ज विमानस्थलको स्तरोन्नतिको काम थालिएको छ । नेपालजगञ्ज-दिल्ली हवाई उडान तयारी भईरहेका बेला विमानस्थलको पनि स्तरोन्नतिको काम थालिएको हो ।

एक वर्षभित्रै अन्तर्राष्ट्रिय उडान गर्ने गरी पूर्वाधार निर्माणको काम थालिएको नागरिक उड्डयन कार्यालय नेपालगञ्जका निर्देशक एवं विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले अनलाइनखबरलाई जानकारी दिए ।

उनका अनुसार अहिले टर्मिनल भवन बनाउने काम अघि बढिसकेको छ । अन्तर्राष्ट्रिय र आन्तरिक ‘टर्मिनल’, ठूला जहाजका लागि पश्चिममा ३०० र पूर्वतर्फ २०० मिटर धावनमार्ग बनाउने तयारी भएको उनले बताए ।

‘अबको १० महिनाभित्र टर्मिनल भवन बनाईसक्छौं’, उनले भने । मंसिर पछि कस्टम ईमिग्रसेनका काम थाल्ने विमानस्थलको तयारी छ । यस्तै सेक्युरिटी एक्सरे मेसिन, पार्किङ, लगायत आवश्यक अन्य पूर्वाधारको काम पनि सुरु गर्ने उनले बताए ।

ठाकुरका अनुसार अबको दुई महिनाभित्र डिजाईन तयार गरेर नागरिक उड्यन प्राधिकरणमा पेश गरिनेछ । ‘बढीमा १५ मंसिरभित्र डिजाइनको काम सकिन्छ’, उनले भने, ‘त्यसपछि टेण्डरको प्रक्रिया अघि बढ्छ ।’  नेपालगन्ज उपमहानरगपालिका वडा नम्बर २० को राँझामा रहेको यो विमानस्थल १ सय ६५ बिघा क्षेत्रफलमा फैलिएको छ ।

नेपालगञ्ज विमानस्थलबाट हाल काठमाडौंसहित सुर्खेत, डोल्पा, साँफेवगर, सिमीकोट, मुगुमा उडान हुँदै आएको छ ।  नेपालगञ्ज हुँदै ठूलो संख्यामा भारतीय पर्यटक कैलास मानसरोबरतर्फ जाने गर्छन् ।

लुक्का जाने पर्यटकका लागि पनि यो विमानस्थल ट्रान्जिट बन्ने गरेको छ । विमानस्थलको स्तरोन्नति भएपछि पर्यटन प्रवर्द्वनमा पनि टेवा पुग्ने ठाकुरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment