Comments Add Comment

‘इन्टु मिन्टु लण्डनमा’को ‘आई एम इन्टु’ रिलिज, लोभलाग्दो भिडियो मेकिङ

चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को कथावस्तु कस्तो छ, त्यो त भोलीदेखि नै थाहा होला । तर, यसको मेकिङले भने नेपाली चलचित्रलाई नै अर्को तहमा लैजान्छ कि भन्ने चर्चा चलिरहेको छ ।

चलचित्रको सार्वजनिक नयाँ गीत ‘आई एम इन्टु, सि इज मिन्टु’को भिडियो हेर्दा यो कुरालाई नकार्न सकिदैन । भोली शुक्रबारदेखि नेपालभर रिलिज हुन लागेको यो चलचित्रको गीतको भिडियोको मेकिङ साच्चै नै लोभलाग्दो छ ।

सुजिल कर्मचार्य र श्रेया सोताङको स्वर, सुशिलकै शब्द तथा संगीतमा तयार भएको गीत पनि राम्रो छ । तर, विक्रम लामा र एन्जिला खत्रीले कोरियोग्राफी उत्कृष्ट गरेका छन् । भिडियोमा चलचित्रका मुख्य कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगरलाई फिचरिङ गरिएको छ ।

यो गीतको भिडियोमा साम्राज्ञी र धिरजले साल्सा नृत्य गरेका छन् । रेनशा वान्तवा राइको निर्देशनमा तयार भएको चलचित्रको ट्रेलर र गीतले हाइप बनाइसकेको छ । प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबरा चलचित्रका निर्माता हुन् । नेपाल र लण्डनमा खिचिएको यो चलचित्रले बक्स अफिसमा आक्रामक ओपनिङ गर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment