Comments Add Comment

मोरङमा अपराधिक घटनाको सूचना संकलन मोवाइल एपबाटै

४ असोज, विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले अपराधिक घटनाको सूचना संकलन गर्न मोबाइल एप प्रयोगमा ल्याएको छ । बढदो प्रबिधिको सदुपयोग गर्दै मोरङ प्रहरीले बिहिबारबाट औपचारिक रुपमा सूचना संकलन गर्न मोवाइल एप प्रयोगमा ल्याएको हो ।

एपको माध्ययमबाट नागरिकले प्रहरीलाई सहज रुपमा सूचना दिने र तत्काल प्रहरी घटना स्थलसम्म पुग्न सक्ने छन् । बिहीवार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मोवाइल एपको सार्बजनिक गरे ।

‘हाम्रो सूचना हाम्रो सुरक्षा’ नाम दिइएको नयाँ मोवाइल एपमा कुनै अपराधिक घटना भएको वा अफठ्यारोमा परेको अवस्थामा नागरिकले एपमा क्लिक गर्नसाथ प्रहरीलाई घटना स्थलको जीपीएस लोकेसनसहित सूचना पुग्छ । सो सूचनाका आधारमा तत्काल प्रहरी घटना स्थल सम्म पुग्न सक्छ ।

‘प्रहरी र सर्बसाधारणकालागि छुट्टा छुट्टै एप छ,’ मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोजकुमार केसीले भने, ‘डाटा अथवा वाईफाईको माध्ययमबाट एपको इमरजेन्सी बटम क्लिक गरे जीपीपएस लोकेशन सहितको सूचना कन्ट्रोल रुममा आउँछ । कन्ट्रोलले केही सेकेण्डमै घटना स्थल नजिकै रहेेको प्रहरीलाई मुभ गराउछ ।’ नयाँ एप चलाउन केही चुनौती रहेपनि अपराध नियन्त्रणमा प्रभावकारी हुने उनले बताए ।

अपराधिक घटनाको सूचना आएपनि ठेगाना पत्ता लगाउन नसक्दा कतिपय अवस्थामा प्रहरी ढिलोमात्र घटना स्थल सम्म पुग्ने समस्या रहेको बताउँदै केसीले एपको प्रयोग गरे प्रहरीलाई घटना स्थलसम्म पुग्न समस्या नहुने बताए ।

नयाँ एप मोरङ जिल्लाका सबै युनिटहरुबाट सुरु गरिएको उनले बताए । एप मार्फत सूचना दिन सजिलो हुने उनको भनाइ छ ।

एपमा कसैले सूचना दिए प्रहरी कन्ट्रोल रुममा साइरनको आवाजसहित लोकेशन आउँछ । सोही लोकेशन प्रहरीलाई पठाउन प्रहरीको मोवाइलमा पनि साइरन बज्नेछ ।

एपमार्फत प्रहरीलाई सूचना प्रदान गर्न पनि सहज हुने उनको भनाइ छ । घटना स्थलमा रहेको प्रहरीले अफिसमा रिपोर्टिङ गर्दा पनि एपममा नै क्लिक गर्न सकिने उनको भनाइ छ ।

नयाँ मोवाइल एपको सार्बजनिक गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले जनतालाई सुरक्षाको अनुभुति दिलाउँदै अपराधिक घटना नियन्त्रण गर्न मद्दत पुग्ने बताए ।

प्रदेश १ लाई प्रबिधि मैत्री बनाउने सरकारको योजना रहेको बताउदै उनले सबै तहमा प्रबिधिको प्रयोग गरिने बताए ।

आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सिमित स्रोत साधनबाट पनि जनतालाई सुरक्षाको अनुभूति दिनेगरी सेवा प्रवाह भैरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment