Comments Add Comment

रोनाल्डोलाई कति खेलको प्रतिबन्ध होला ?

काठमाडौं । युभेन्टसबाट च्याम्पियन्स लिगको पहिलो खेलमा नै क्रिष्टियानो रोनाल्डोले आँसु बगाउँदै मैदान छाड्नु पर्‍यो ।

च्याम्पियन्स लिग इतिहासकै उत्कृष्ट खेलाडीमध्ये एक उनले १५४ औं च्याम्पियन्स लिगमा पहिलो रेड कार्ड खाए ।

च्याम्पियन्स लिग समूह चरणको पहिलो खेलमा भ्यालेन्सियाविरुद्ध रोनाल्डाले २९ औं मिनेटमा रेड कार्ड पाएका थिए । जुन उनका लागि अविश्वसनीय रहृयो ।

रोनाल्डो क्रस बलको लागि दौडिरहँदा भ्यालेन्सियाका डिफेन्डर जेसन मुरिलोसँग ठोक्किएका थिए । जसमा जेसन लड्न पुगे । त्यसपछि रोनाल्डोले जेसनको कपालमा हात लगेर उठाउन खोजे । जसको प्रतिक्रियामा जेसन रिसाएका थिए ।

लगत्तै रेफ्रीले लाइन्स म्यानसँगको केहीबेरको सल्लाहपछि रोनाल्डोले खेलभावना विपरीत काम गरेको ठहर गर्दै रेड कार्ड थिएका थिए ।

रोनाल्डोले साच्चै जेसनको कपाल तानेका थिए या उनले कपालमा सामान्य रुपमा छोएका थिए भन्नेमा बहस चलिरहँदा अब उनलाई कति खेलको प्रतिबन्ध लाग्ला भन्ने अनुमान पनि हुन थालेका छन् ।

रेड कार्ड पाएपछि एक खेलको प्रतिबन्ध त नियमअनुरुप प्रष्ट नै छ । यसैले उनले च्याम्पियन्स लिगमा योङ ब्वाइजसँगको खेल गुमाउने पक्का छ ।

इंग्लिस प्रिमियर लिगमा भएको भए यस्तो कार्यका लागि उनलाई तीन खेलको प्रतिबन्ध लाग्ने थियो । तर, युइएफएको सजाय घटनाअनुरुप फरक फरक हुने गर्दछ । युइएफएको नियमअनुसार गम्भीर प्रकृतिको घटनामा विचार गरेर कति खेलको प्रतिबन्ध लगाउने भन्ने सजाय सुनाइन्छ ।

यदि रोनाल्डोमाथि दुई खेलको प्रतिबन्ध लगाइयो भने उनले च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडविरुद्धको खेल पनि गुमाउने छन् । तीन खेलको प्रतिबन्ध भएमा युभेन्टसको तेस्रो च्याम्पियन्स लिग खेल पनि म्यानचेस्टर युनाइटेडविरुद्ध नै छ ।

रोनाल्डो रेड कार्ड पाएपछि रुँदै निकै भावुक बनेका थिए । फुटबल पण्डितका अनुसार उनले मैदान छाड्न समय लगाएकाले पनि केही थप खेलको प्रतिबन्ध हुन सक्ने देखिन्छ ।

युइएफए अब रेफ्रीले दिने रिपोर्टको प्रतिक्षामा रहेको छ । युभेन्टसले कम सजायका लागि अपिल गर्न सक्ने अवसर पनि बाँकी नै छ ।

च्याम्पियन्स लिगमा भिडियो असिस्टेन्ट रेफ्रीको प्रावधान भएको भए रोनाल्डोले रेड कार्ड नपाउने बताउँदै युभेन्टस प्रशिक्षक मासिमिलियानो एलेग्री भन्छन्, ‘यस्तो घटनाले च्याम्पियन्स लिगमा १० खेलाडीमा सीमित हुनु दुःखद छ । यदि भीएआर भएको भए त्यो रेड कार्ड हुने थिएन ।’

रोनाल्डोले रेड कार्ड खाएर १० खेलाडीमा सीमित भए पनि युभेन्टसले भ्यालेन्सियालाई २-० ले हराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment