Comments Add Comment

करिब ४ अंकको घट्यो नेप्से, ५५ करोडको सेयर कारोबार

४ भदौं, काठमाडौं । सेयर बजारमा करिब ४ अंकको गिरावट देखिएको छ । साताको अन्तिम दिन विहीबार अधिकांश समूहहरु राताम्मे देखिँदा नेप्से परिसूचक ३ दशमलव ७४ अंकले गिरावट आएको हो ।

विहीबार ३ दशमलव ७४ अंकले घट्दा नेप्से परिसूचक १ हजार २ सय ५५ दशमलव ०७ अंकमा आइपुगेको छ ।

कारोबार रकम भने ५५ करोड ५० लाख ६१ हजार ५०२ रुपैयाँ पुगेको छ ।

दिनभरमा विभिन्न कम्पनीहरुको ५ हजार ९ सय ६६ वटा कारोबारबाट २० लाख १५ हजार ८ सय २९ कित्ता सेयर किनबेच भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment