Comments Add Comment

विमानस्थलबाट ७ सय ९४ ग्राम सुनसहित ८ जना समातिए

४ असोज, काठमाडौं । महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालय, काठमाडौंले ७ सय ९४ ग्राम सुनसहित ८ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा आनन्द मोहनसिंह, बिनोद बानियाँ, समिर तामाङ, रवी श्रेष्ठ, राजकुमार आचार्य, दिपबहादुर तामाङ, मनोजकुमार तामाङ र सिंहबहादुर तामाङ छन् ।

विमानस्थल प्रहरीका एसपी दिनेशराज मैनालीका अनुसार उनीहरुलाई विशेष सुराकीका आधारमा नेपाल एयरलाइन्सको फ्लाइट नम्बर आरए ४०२ मार्फत बैंककबाट काठमाडौं र हिमालय एयरको फ्लाइट नम्बर एच ९ ५५६ द्वारा दोहाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका वेला पक्राउ गरिएको हो ।

बरामद सुनसहित ८ जनालाई नै भन्सार कार्यालय, गौचरण पठाइएको मैनालीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment