Comments Add Comment

रोमाका प्रशिक्षक भन्छन् – रोनाल्डो गएर रियल मड्रिडलाई के चिन्ता ?

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लब रोमा स्पेनिस क्लब रियल मडि्रडसँग ३-० ले पराजित भयो । क्रिष्टियानो रोनाल्डोबिनाको मड्रिडको प्रदर्शन उत्कृष्ट रहृयो ।

मडि्रडका लागि इस्को, ग्यारथ बेल र मारियानोले गोल गरे । रोनाल्डोबिनाको रियल मड्रिड फेरि पनि च्याम्पियन्स लिग दाबेदार हो भन्ने देखियो ।

उता भ्यालेन्सियाविरुद्धको खेलमा रेड कार्ड पाएर युभेन्टसबाट च्याम्पियन्स लिगको सुरुकै खेलमा रोनाल्डो निराश बने ।

यसैले मडि्रडको उत्कृष्ट खेल देखेका रोमाका प्रशिक्षक युसेबियो डि फ्रान्सेसकोले यदि आफू रियल मड्रिडको समर्थक भएको भए रोनाल्डो छैनन् भनेर चिन्ता नलिने प्रतिक्रिया दिए । ‘यदि म रियल मड्रिडको समर्थक भएको भए रोनाल्डोले क्लब छाडे भनेर चिन्ता लिने थिइनँ । अहिले मड्रिड अझै उत्कृष्ट देखिएको छ । रोनाल्डोको ठाउँ लिनसक्ने धेरै खेलाडी मडि्रडमा छन्’ उनले भने ।

साथै रोमाविरुद्धको खेलमा उत्कृष्ट तालमेल मिलाएका मिडफिल्डर लुका मोडरिक बालोन डिओरको लाइनमा रहेको पनि प्रशिक्षक फ्रान्सेसकोले बताए । ‘मोडरिकले राष्ट्रिय टिम र क्लबमा देखाएको खेलले उनी बालोन डिओरका लागि योग्य देखिन्छन् । विश्वकपमा उनको खेल अतुलनीय थियो’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment