Comments Add Comment

मलामी गएका युवकको बाग्मतीमा डुबेर मृत्यु

४ असोज, रौतहट । मलामी गएका बेला बाग्मती नदीमा नुहाउने क्रममा बुधबार बेपता भएका रौतहटका एक युवकको शव बिहीबार भेटिएको छ ।

नदीमा नुहाउने क्रममा गढीमाई नगरपालिका-४ सुन्दरपुरका अरबिन्द भनिने रत्नेस कुमार यादव बुधबार बेपत्ता भएका थिए ।

मलामी गएको बेला नुहाउन नदीमा पसेका यादव निर्माणाधीन पुलको पिल्लर नजिक पुगेको बेला बेपता भएका थिए ।

उनी बेपत्ता भएदेखि नै स्थानीयले खोजी गरिरहेका थिए । स्थानीय र प्रहरीको सहयोगमा २४ घण्टापछि मात्रै उनको शव फेला परेको हो ।

यादवको शव गढीमाई नगरपालिका-७ पकहा टोल नजिक बाग्मती नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment