Comments Add Comment

‘इन्टु मिन्टु लण्डनमा’को प्रिमियरमा भावूक बने रेनशा र धिरज

भोली शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को भव्य प्रिमियर काठमाण्डौको विग मुभिजमा आयोजना गरिएको छ । चलचित्रको रेड कार्पेट प्रिमियरमा यसका मुख्य कलाकारदेखि चलचित्रकर्मी र पत्रकारहरुको बाक्लो उपस्थिती थियो ।

रेनशा वान्तवा राइको निर्देशनमा बनेको पहिलो चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को मुख्य भूमिकामा साम्राज्ञी राज्यलक्ष्मी शाह, सारुक ताम्राकार र नव-प्रस्तुतिको रुपमा धिरज मगरको मुख्य भूमिका छ । चलचित्रको रेड कार्पेटमा धिरज, सारुक र निर्देशक रेनशा एकसाथ पुगेका थिए । तर, नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह भने आफ्नी आमाको साथमा निकै ढिलो पुगेकी थिइन् । चलचित्रमा काम गर्दा निकै मिहिनेत गरेको भन्दै साम्राज्ञीले आफू केही नर्भस भएको बताइन् ।
बोल्ने क्रममा निर्देशक रेनशा वान्तवा राइ भक्कानिएकी थिइन् । उनी करिब ५ मिनेट बोल्नै सकिनन् । यस्तै, नायक धिरज मगर पनि बोल्ने क्रममा रोएका थिए ।

यस्तै, चलचित्र हेर्नका लागि नायक भूवन केसी, नायिकाहरु झरना थापा, केकी अधिकारी, वेनिशा हमाल लगायत पुगेका थिए । २ घन्टा २० मिनेट लामो यो चलचित्रले लण्डन र नेपालको कथालाई उठान गरेको छ । लण्डनमा भेट भएका इन्टु र मिन्टुको प्रेम, उनीहरुको प्रेममा आउने अवरोधको वरिपरी नै यो चलचित्र घुमेको छ ।

चलचित्रलाई पत्रकार र चलचित्रकर्मीले मिश्रति प्रतिक्रिया दिएका छन् । चलचित्रको गीतको मेकिङलाई उच्च मानिएको छ । प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जवराले यो चलचित्रको निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment