Comments Add Comment

टाइगर श्राफलाई हलिउड फिल्मको अफर

बलिउडका एक्सन स्टार टाइगर श्राफलाई हलिउड फिल्म खेल्ने अफर आएको छ । हलिउड प्रोड्यूसर लरेन्स क्यासनफले आफ्नो आगामी प्रोजेक्टका लागि उनलाई लिड रोलमा अफर गरेका हुन् । टाइगरलाई भेट्न लरेन्स मुम्बई नै आएका थिए । लरेन्ससँग एउटा स्टुडियोका प्रुमख तथा एम्मी अवार्ड विजेता लेखक सीन क्याथरिन डेरेक पनि थिए । मुम्बईको एउटा होटलमा उनीहरुबीच कुराकानी भएको थियो । उनले निर्माण गर्ने मोर्टल कम्ब्याट सिरिजमा टाइगरलाई अफर गरेको बुझिएको छ ।

औपचारिक सम्झौता हुन बाँकी रहे पनि सकारात्मक कुराकानी भएको मुम्बई मिररले जनाएको छ । ‘हलिउड फिल्ममा आएको अफरबाट टाइगर निकै उत्साहित बनेका छन्,’ समाचारमा लेखिएको छ, ‘यद्यपि, केही कुराहरु फाइनल हुन बाँकी छन् ।’

यदि साइन गरेको खन्डमा यो फिल्ममा टाइगर एक्सन अवतारमा नै प्रस्तुत हुनेछन् । तर, फिल्मका लागि लामो समय दिनुपर्ने भएकाले उनले आफ्नो सेड्यूल मिलाउनुपर्ने हुन्छ । अहिले उनी बलिउड फिल्म ‘स्टुडेन्ट अफ द ईयर २’ को काममा व्यस्त छन् ।

५ फिट ९ इन्च अग्ला टाइगर एक्सनका साथै डान्समा पनि पोख्त छन् । उनले पछिल्लो फिल्म ‘बागी २’ बाट सफलता पाएका थिए । अभिनयमा भने उनी कमजोर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment