Comments Add Comment

युरोपा लिगमा आर्सनलको जित

५ असोज, काठमाडौं । इंग्लिस क्लब आर्सनलले युरोपा लिगमा युक्रेनको भोर्सक्ला पोल्टभालाई ४–२ गोलअन्तरले पराजित गरेको छ ।

युरोपा लिगअन्तर्गत बिहीबार राति भएको समूह र्इको खेलमा आर्सनलले सहज जित हात पारेको हो । ३२ औं मिनेटमा आबुमियाङको गोलबाट आर्सनलले अग्रता बनाएको थियो । पहिलो हाफमा १–० गोलले अघि रहेको आर्सनलले दोस्रो हाफमा ३ गोल गर्दा भोर्सक्ला पोल्टभाले २ गोल फर्काउन सफल भयो ।

ड्यानी वेल्बेकले ४८औं मिनेटमा गोल गर्दै आर्सनललाई दोब्बर अग्रता दिलाएका थिए । त्यस्तै, आबुमियाङले ५६ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै ३–० गोलको अग्रतामा पुर्‍याए । ७४ औ मिनेटमा मेसुट ओजिलले गोल गर्दै आर्सनललाई ४–० गोलको अग्रता दिलाएका थिए ।

यसपछि आर्सनलले २ गोल खान पुग्यो । ७६ औं मिनेटमा पोल्टभाका चेस्नाभोले गोल गर्दै ४–१ गोलको स्थितिमा पुर्‍याएका थिए । इन्जुरी समयमा भिएचास्लाभ सार्परले गोल गर्दै पोल्टभालाई ४–२ गोलको स्थितिमा पुर्‍याए पनि आर्सनललाई रोक्न भने सकेनन् ।

बिहीबार राति नै यसै समूहको अर्को खेलमा पोर्चुगलको स्पोर्टिङ लिस्बोनले अजरबैजानको क्वाराबागलाई २–० गोलले पराजित गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment