Comments Add Comment

धेरै देशमा खेल्ने क्रिकेटरको सूचीमा सन्दिप

काठमाडौं । नेपालका सन्दिप लामिछानेले छोटो समयमा नै धेरै देशमा खेल्ने क्रिकेटर बनेका छन् ।

१८ वर्षीय सन्दिपले सन् २०१८ मा इण्डियन पि्रमियर लिग (आईपीएल)मा डेब्यू गरेका थिए । दिल्ली डेयरडेभिल्सबाट खेलेका उनले आईपीएलमा आफ्नो प्रभाव छाड्न सफल भए ।

त्यसपछि उनी लगातार टी-२० लिग खेलिरहेका छन् । क्रिकइन्फोको ‘द क्रिकेट मन्थ्ली‘को यो संस्करणमा धेरै क्रिकेट खेल्ने क्रिकेटरहरुबारे चर्चा गरिएको छ, जसमा सन्दिप लामिछाने पनि अटाएका छन् ।

धेरै देशमा क्रिकेट खेल्ने खेलाडीहरुको सूचीमा अफगानिस्तानका मोहम्मद नाबी र रसिद खान शीर्ष स्थानमा छन् । दुबैले अहिलेसम्म १० देशमा खेलेका छन् ।

पाकिस्तानका शोएब मल्लिक र शादाब खान र बंगलादेशका तमिम इकबाले ९-९ देशमा टी-२० खेलेका छन् ।

नेपालका सन्दिपले पनि ९ देशमै टी-२० क्रिकेट खेलेका छन् । उनी पछिल्लो पटक अफगानिस्तान प्रिमियर लिगको पहिलो संस्करणमै नन्गाहर टिमबाट खेल्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment