Comments Add Comment

गोन्जालो हिगुइनलाई फाप्यो एसी मिलान, दोस्रो खेलमा पनि गोल

५ असोज, काठमाडौं । इटालियन क्लब एसी मिलानले युरोपा लिगमा विजयी सुरुवात गरेको छ । साँघुरो जित दर्ता गरेको छ ।

युरोपा लिगअन्तर्गत बिहीबार राति समूह एफमा भएको खेलमा मिलानले लक्समवर्गको डुडलंज क्लबलाई १–० गोलले पराजित गरेको हो ।

डुडलंजलाई उसैको मैदानमा हराउने क्रममा गोन्जालो हिगुइन फेरी एकपटक नायक बने । उनकै एक गोलको मद्दतमा मिलानले डुडलंजलाई पराजित गर्न सफल भएको हो । हिगुइनले मिलान क्लबमा आबद्ध भएपछि लगातार दोस्रो खेलमा पनि गोल गर्न सफल भएको हो ।

यससअघि इटालीको घरेलु लिग सिरी–ए फुटबलमा हिगुइनकै गोलमा काग्लियारीसँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।

डुडलंजलाई पराजित गर्ने क्रममा हिगुईनले खेलको ५९ औं मिनेटमा गोल गरेका थिए । बिहीबार राति नै यही समूहको अर्को खेलमा ओलम्पिकास र रियल बेटिसले गोलरहित बराबरी खेलेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment