Comments Add Comment

फिफाको अवार्ड समारोहमा मेस्सी सहभागी हुने

काठमाडौं । लिओनल मेस्सी यो पटक फिफा उत्कृष्ट खेलाडीको अन्तिम तीनमै परेनन् । तर, सोमबार हुने अवार्ड समारोहमा उनी उपस्थित हुने भएका छन् ।

वर्षको उत्कृष्ट खेलाडीको अन्तिम तीनमा क्रिष्टियानो रोनाल्डो, लुका मोडरिक र मोहम्मद सलाह छन् ।

आफू मनोनयनमा नपरेको अवार्ड समारोहमा सहभागी हुन सायद अरू खेलाडीले   निम्तो नै स्वीकार गर्ने थिएनन् । तर, मेस्सीले भने जसरी पनि समारोहमा सहभागी हुने निर्णय लिएका छन् ।

मेस्सी फिफाको टिम अफ दी इयरमा परेका छन्, त्यसैले उनलाई निमन्त्रणा दिइएको थियो ।

हालै मात्र रोनाल्डो आफूले नजित्ने भएपछि यूईएफए उत्कृष्ट खेलाडी अवार्ड वितरण समारोहमा सहभागी भएनन् । जबकि उनी अन्तिम तीनको मनोनयनमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment