Comments Add Comment

इन्द्रजात्रा शुरु, हनुमानढोकामा लिंगो ठड्याइयो (फोटो फिचर)

५ असोज, काठमाडौं । धार्मिक एवं परम्परागत महत्त्व बोकेको इन्द्रजात्रा पर्व शुरु भएको छ । भाद्र शुक्ल द्वादशीका दिनबाट शुरु हुने यो पर्व शुक्रबारबाट शुरु भएको हो ।

विशेष गरेर काठमाडौं उपत्यकामा ८ दिनसम्म मनाइने यो पर्वको औपचारिक शुरुवात इन्द्रको मूर्तिस्वरुप लिंगो ठड्याएर गरिन्छ । जसलार्इ नेवारी भाषामा यः सिं भनिन्छ ।

यही परम्पराअनुसार शुक्रबार बिहान हनुमानढोका दरबार क्षेत्रमा लिंगो ठड्याएर यस वर्षको पर्वको शुरुवात गरिएको छ । बिहान ०८ः०३ बजे साइत भएकाले त्यही अनुसार  लिंगो ठड्याइएको हो ।

देवराज इन्द्रकी आमा बसुन्धरालाई व्रतका लागि आवश्यक पारिजात फूल टिप्न छोरा जयन्तलाई पठाउँदा दैत्यले पक्राउ गरेको र जयन्तलाई छुटाउन देवता र दैत्यबीच सङ्ग्राम भई देवताको जित भएको खुशीयालीमा इन्द्रजात्रा मनाउने गरिएकाे  किंबदन्ती छ ।

लिंगो ठड्याएको दिनदेखि आठ दिनसम्म विभिन्न नाच, गान, रथयात्रा गरी यो जात्रा सम्पन्न गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment