Comments Add Comment

नबिल बैंकले ल्यायो वैदेशिक यात्रामा पनि स्वास्थ्य बीमा योजना

५ असोज, काठमाडौं । नबिल बैंकले वैदेशिक भ्रमणमा जाने ग्रहकहरुको सुविधालाई मध्य नजर गर्दै आफ्ना नियमित सेवाहरुका साथ वैदेशिक यात्रा स्वास्थ्य बीमा योजना जारी गर्ने भएको छ ।

बैंकले आफ्नो काउन्टरहरुबाट भिसा इन्टरनेशनल प्रि-पेड कार्ड, बैंक ड्राफ्टी, र विदेशी मुद्रा सटही जस्ता सेवा लिने ग्राहकलाई बैदेशिक यात्रा -ट्राभल) बीमा योजना सेवा पनि उपलब्ध गराउने जनाएको छ ।

यो सेवाको लागि नबिल बैंकले प्रभु इन्सुरेन्स लिमिटेडसँग साझेदारी गरेको छ । अब नबिल बैंकबाट सेवा लिन आउने ग्राहकहरुले बिना झन्झट बैंकका काउन्टरहरुबाट बैदेशिक यात्रा -ट्राभल) स्वास्थ्य बीमा तुरुन्त खरिद गर्न सक्ने बैंकका नायब महाप्रबन्धक रमेश लोहनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अनपेक्षित बिरामी, बिदेश बसाइको क्रममा हुने दुर्घटना र जांच गरि हराएका ब्यागेजरराहधानी, यात्रामा ढिलाई, अपहरण जस्ता घटनाहरुबाट हुने क्षतीको भरण यस योजनामा हुने बैंकले जनाएको छ ।

‘मलाई विश्वाश छ कि ट्राभल बीमा सेेवाको हाम्रा बैंकका सेवाहरु संग समायोजनबाट ग्राहकहरुको सम्पूर्ण यात्रा आवश्यकतालाई एकद्वार प्रणलीबाट समाधान दिन सक्षम हुनेछौ । साथै यसले बिदेश यात्रा गर्ने ब्यक्तीहरुलाई सुरक्षति र सुबिधाजनक यात्राको लागि बीमाको महत्वबारे सजग गराउन पनि मदत गर्नेछ’, बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment