Comments Add Comment

साइकल प्रयोग गरेर नेपालबाट भारततर्फ मरिच तस्करी

५ असोज, वीरगञ्ज । तस्करहरुले नेपालबाट भारततर्फ मरिच लैजान साइकल प्रयोग गर्ने गरेको पाइएको छ ।  जिल्ला प्रहरी कार्यालय, पर्साले १४ साइकलसहित १४ क्विन्टल मरिच बरामद गरेपछि यस्तो तथ्य सतहमा आएको हो ।

यसअघि वीरगञ्जबाट मरिच तस्करी हुने गरेकाे भए पनि बीचमा राेकिएकाे थियाे । तर बिहीबार जिल्ला प्रहरी कार्यालय, पर्साले वीरगञ्ज महानगरपालिका–१, छप्कैयाबाट १४ साइकलमा लोड गरिएका ५६ बोरा मरिच साइकल प्रयाेग गरेर तस्करी हुँदै गर्दा नियन्त्रणमा लिएकाे छ ।

साइकलमा मरिच लोड गरी भारततर्फ लगिँदै गरेको गोप्य सूचनाका आधारमा पुगेको प्रहरीले बरामद गरेको मरिचको तौल १४ सय केजी छ ।

साइकल प्रयोग गरेर मरिच भारतर्फ लैजाने कार्यमा संलग्नहरुलाई नियन्त्रणमा लिन भने प्रहरी असफल भएको छ । तस्करीमा संलग्न भागेकाले यसको संलग्नता बारे केही खुलेको छैन ।

प्रहरीले मरिच र १४ साइकल भन्सार कार्यालयलाई बुझाएर यसबारे अनुसन्धान थालेकाे जनाएकाे छ ।

त्यसैगरी, पर्सामै लागू औषध इन्जेक्सनसहित १ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, पर्सा र लागू औषध नियन्त्रण व्यूरो कार्यालय, वीरगंजबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–१५ स्थित शंकराचार्य गेटबाट सबिन श्रेष्ठलाई पक्रेको हो ।

रक्सौलबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा प्रहरीको फन्दामा परेका काभ्रे पांचखाल न.पा.-६ का श्रेष्ठको साथबाट प्रहरीले डाईजेल्याब ३५ ऐम्पुल फेनारागन ३५ एम्पुल र नुर्फिन ३५ एम्पुल गरी जम्मा १०५ एम्पुल बरामद गरेको छ ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment