Comments Add Comment

यूनियन लाइफ इन्स्योरेन्सले मनायो पहिलो वार्षिकाेत्सव

५ असोज, काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले स्थापनाको एक वर्ष पुरा गरेको छ । गत वर्ष असोज ४ गते नियमनकारी निकाय बीमा समितिबाट स्वीकृती प्राप्त गरी कारोवार संचालन गरेको यूनियन लाइफ इन्स्योरेन्सले विहिबार पहिलो वार्षिकाेत्सव मनाएको हो ।

वाषिर्क उत्सवका अवसरमा जारी विज्ञप्तिमा स्थापनाको एक बर्षको अवधिमा कम्पनीले प्राप्त गरेको सफलताले कम्पनीलाई उत्साहित बनाएको उल्लेख छ ।  नयाँ कम्पनी लिएर बीमा बजारमा प्रबेश गर्दा ब्यापक चुनौती भए पनि प्रष्ट लक्ष्य र ब्यवस्थित योजनाका साथ कार्य गरेकाले सफलता प्राप्त गर्न सकेको कम्पनीको दावी छ ।

कम्पनीका अनुसार गत आर्थिक वर्ष २०७४/७६ मा उसले ८६ करोड ५० लाख प्रथम बीमाशुल्क संकलन गरेको थियो भने चालु आर्थिक वर्षको साउन र भदौ महिनामा करिब २२ करोड प्रथम बीमा शुल्क संकलन गरेको छ । हाल सम्म कम्पनीले जारी गरेको बीमालेख संख्या करिब ८२ हजार भन्दा बढि रहेको कम्पनीको भनाइ छ ।

कम्पनीले गत बर्षको बीमा ब्यवसायबाट १० करोड ७७ लाख मुनाफा गर्न सफल भएको विज्ञप्तिमा उल्लेख छ । नियमनकारी निकाय बीमा समितिबाट स्वीकृत प्राप्त भएकामध्ये ७५ भन्दा बढि शाखा तथा उपशाखा कार्यालयहरु संचालनमा आईसकेका उसले भनेको छ ।

२ अर्ब १५ करोड जारी पूंजी रहेको यस कम्पनीका १० प्रकारका बीमा योजनाहरु रहेका छन् । जसमा सिमित भुक्तानी सावधिक जीवन बीमा योजना, अगि्रम भुक्तानी तथा आजिवन जीवन बीमा योजना, बाल -सावधिक) जीवन बीमा योजना, सावधिक तथा आजिवन जीवन बीमा योजना, सावधिक जीवन बीमा योजना, सिमित भुक्तानी -सावधिक तथा आजिवन) जीवन बीमा योजना, बाषिर्क अगि्रम भुक्तानी जीवन बीमा योजना, सामूहिक म्यादी जीवन बीमा योजना, सावधिक लघु जीवन बीमा योजना र बैदेशिक रोजगार म्यादी जीवन बीमा योजनाहरु रहेका छन् ।

कम्पनीको संचालक समितिमा अध्यक्ष शुलभ अग्रवाल र संचालकहरुमा शेखर गोल्छा, संदिप कुमार अग्रवाल र जीवन कुमार अग्रवाल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment