Comments Add Comment

अष्ट्रेलियाको राजधानी क्यानवेरामा मनाइयो नेपालको संविधान दिवस

क्यानवेरा र नेपालमा २०७२ असोज ३ गते जारी भएको ‘नेपालको संविधान’को सम्झनामा अष्ट्रेलियाको राजधानी क्यानवेरामा संविधान दिवस मनाइएको छ ।

नेपालमा नयाँ संविधानले चार वर्ष प्रवेश गरेको अवसरमा पारेर नेपाली दूतावासको आयोजनामा क्यानवेरास्थित होटल हायातमा समारोह आयोजना गरिएको थियो ।

अध्यागमन मन्त्री डेविड कोल्मन र शिष्टाचार महापाल लिण्डल स्याक्सको आतिथ्यमा भएको उक्त कार्यक्रममा अष्ट्रेलियाली सरकारका उच्चपदस्थ पदाधिकारीहरु, क्यानवेरास्थित कुटनैतिक नियोगका प्रतिनिधिहरु, अष्ट्रेलियन समूदयका नेपाली शुभचिन्तकहरु र स्थानीय नेपाली समूदायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

अध्यागमन मन्त्री डेविड कोल्मनले आफ्नो मन्तब्य राख्दै अष्ट्रेलियामा नेपाली समुदायको बढोत्तरी र नेपाली समुदायको योगदानको प्रसंशा गर्दै संविधान दिवसको अवसरमा समस्त नेपालीमा शुभकामाना ब्यक्त गरेका थिए ।

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले उपस्थित सबैमा धन्यवाद ज्ञापन गर्दै वर्तमान सरकार गणतान्त्रिक संविधानद्वारा निर्दिष्ट परिवर्तनलाई संस्थागत गर्न कटिबद्ध रहेको बताउँदै नेपाल अष्ट्रेलिया बीच दौत्य सम्बन्ध स्थापना भएको ६ दशकमा भएका उपलब्धीहरुको समीक्षा गरेकी थिइन भने मन्तब्यकै क्रममा राजदूत शेर्पाले नेपाल भ्रमण वर्ष २०२० का अवसरमा नेपाल भ्रमणका निम्ति आग्रह गरेकी थिइन् ।

कार्यक्रममा मेल्वर्न इन्स्टिच्युट अफ टेक्नोलोजिका सीईओ तथा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्व अध्यक्ष शेष घले, इनरवेल्थ टेक्नोलोजी सिड्नीका सीईओ कृष वाल्कर, नेत्र बिशेषग्य डा। ज्यासॊन बुथ र रीच नेपालका संस्थापक निर्देशक लू निलेलाई सम्मानित गरिएको थियो ।

कार्यक्रममा सिड्नीका प्रवासी नेपाली कलाकारहरुद्वारा प्रस्तुत नेपाली लोक बाजाको सांगीतिक प्रस्तुतिबाट मनोरञ्जन प्रदान गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment