Comments Add Comment

एनसेलको ‘रिचार्ज एण्ड विन’ अफरः १० लक्की ग्राहकले जिते जनही एक लाख

५ असोज, काठमाडौ । एनसेल प्राईभेट लिमिटेडले नजिकिँदै गरेको चाडपर्वको अवसरमा ल्याएको आकर्षक ‘रिचार्ज एण्ड विन’ अफर अन्र्तगत दोस्रो हप्ताका विजेताहरुलाई नगद पुरस्कार प्रदान गरेको छ । दोस्रो हप्ताका विजेताहरु असोज २ गते टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिएको लाईभ ड्र कार्यक्रम मार्फत छानिएका हुन् ।

दोस्रो हप्ताका १० भाग्यशाली विजेता ग्राहकहरु मध्ये दुई जनाले असोज ४ गते जनही नगद एक लाख रुपैयाँ पुरस्कार ग्रहण गरेका छन् । दोस्रो हप्ताका अन्य आठ विजेताहरुको पहिचान तथा प्रमाणित गर्ने काम भई रहेको छ र सो प्रक्रिया समापन भए लगत्तै काठमाडौं लगायत उपत्यका बाहिर रहेका एनसेल सेन्टरहरुबाट विजयीहरुलाई नगद पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ ।

एनसेलका चिफ स्ट्राटिजी अफिसर इरविन एम. युसुफले काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच दोस्रो हप्ताका दुई विजयीहरु नुवाकोटका कृष्णा कुमारी थापा र तनहुँका अर्जुन परियारलाई बिहिबार जनही एक लाख नगद पुरस्कार प्रदान गरेका हुन् ।

सोही कार्यक्रममा युसुफले पहिलो हप्ताका अन्य तीन जना भाग्यशाली विजयी ग्राहकहरुलाई पनि नगद पुरस्कार प्रदान गरे । धादिङ्गका रामहरी अर्याल, चितवनका राज कुमार गुरङ्ग र कुशल गुरुङ्गले पहिलो हप्ता अन्र्तगत जनही रु एक लाख जिते हुन् । ‘रिचार्ज एण्ड विन’ अफर भाऽ १७ गतेबाट संचालनमा रहेको एनसेलले जनाएको छ ।

यस योजनामा सप्ताहभर १०० रुपैयाँ वा सो भन्दा बढी रिचार्ज गर्ने एनसेलका सबै पि्रपेड तथा पोस्टपेड ग्राहकले आकर्षक नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो योजना अन्तर्गत प्रत्येक हप्ता १० जना विजयी ग्राहकले जनही खुद एक लाख नगद पुरस्कार पाउने र नगद पुरस्कारमा लाग्ने कर कम्पनीले नै व्यहोर्ने जनाइएको छ । कम्पनीका अनुसार यो योजना साप्ताहिक चक्रमा संचालन भईरहेको छ, जसको शुरुवात आइतबार हुन्छ भने समापन शनिबार हुन्छ । ‘रिचार्ज एण्ड विन’ १० हप्ता सम्ममा संचालनमा रहने अफर हो ।

ग्राहकले आइतबार देखि शनिबार सम्मको अवधिमा गरेको प्रत्येक १०० बराबरको रिचार्जका आधारमा एसएमएस मार्फत एउटा कोड प्राप्त गर्ने र प्रत्येक हप्ताको १० भाग्यशाली ग्राहकहरुको छनौट मंगलवार प्रत्यक्ष प्रशारण हुने लाइभ ड्र कार्यक्रम मार्फत गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment