Comments Add Comment

इनास अमेरिकाद्वारा निर्देशक यादव खरेल र अभिनेता निर शाह सम्मानित 

अमेरिका/ अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)अमेरिकाले वरिष्ठ चलचित्र निर्देशक यादव खरेल र वरिष्ठ अभिनेता निर शाहलाई एक कार्यक्रम बीच सम्मान गरेको छ । दुवैलाई भर्जिनिया क्षेत्र ८७ का डेमोक्रेटिक दलका जोन बेलले सम्मान गरेका हुन् ।

साथै इनासले जोन बेललाईसमेत सम्मान गरेको छ । बेल डिसी नजिक रहेको लाउडन काउन्टी तथा प्रिन्स विलिएम काउन्टी क्षेत्र अन्तर्गतका जन प्रतिनिधि हुन् भने १९८१ देखि सन् २००७ सम्म वायुसेनामा राष्ट्रलाई सेवा पुर्याएका थिए भने हाल उनी भर्जिनियाका सभासद हुन् ।

साथै कमन्स वेल्थ अफ भर्जिनियाको तर्फबाट जोन बेलले वरिष्ठ अभिनेता निर शाहलार्इ सम्मान पत्र प्रदान गरेका थिए भने यो भन्दा पहिला लोकप्रिय गायिका अन्जु पन्तलाईसमेत सम्मान पत्र प्रदान गरिएको थियो ।

साथै इनासले सम्मानित हुने दुवै श्रस्टाहरुलाई मायाको चिनो प्रदानसमेत गरेको थियो । उक्त मायाको चिनो जोन बेल तथा इनास अमेरिकाका आनन्दु लामाले प्रदान गरेका थिए ।

साथै इनासका अमेरिकाका प्रादेशिक संयोजक तथा एसिएन अमेरिकन प्यासिफिक आइल्याडर्सका नेपालका लागि सहसभापति हरी शर्माले खरेल तथा शाहलाईसमेत मायाको चिनो प्रदान गर्नुको साथै सम्पूर्ण आगन्तुकहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

सम्मान कार्यक्रममा वरिष्ठ चलचित्र निर्देशक यादव खरेललाई अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)को मानार्थ सदस् समेत प्रदान गरिएको छ ।

सम्मानित भए पछि वरिष्ठ चलचित्र निर्देशक यादव खरेलले आफ्नो मन्तब्य राख्दै इनासले सद्भाव राखेर सम्मान गरिएको भन्दै खुशी व्यक्त गरे ।

यसैगरी वरिष्ठ अभिनेता निर शाहले सबैको नाम लिदै मुक्त कण्ठले प्रसंशा गरे ।

कार्यक्रममा इनास अमेरिकाका अध्यक्ष आनन्दु लामाले जिउँदा श्रस्टालाई सम्मान गरौ भन्ने मूल नारा बोकेको इनासले वहाहरु जस्ता वरिष्ठहरुलाई सम्मान गर्न पाउँदा गर्व लागेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment