Comments Add Comment

साताको सेयर बजारः २ अर्ब ६२ करोडको कारोबार

५ असोज, काठमाडौं । सेयर कारोबार यो साता हृवात्तै बढेको छ । अघिल्लो साताको तुलनामा यो साता ५२ करोड रुपैयाँ बढी सेयर कारोबार भएको हो ।

भदौको अन्तिम एक दिन आइतबार र असोज महिनाको तीन दिन (सोमबारदेखि बिहीबार) सम्म सेयर बजारमा दुई अर्ब ६२ करोड ५० लाख १४ हजार रुपैयाँ सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । तीन गते बुधबार भने संविधान दिवस परेकाले सेयर कारोबार बन्द भएको थियो । कारोबार रकम गत साताको भन्दा २४.९१ प्रतिशत बढी हो ।

गत साता १ सय ८६ कम्पनीहरुको कारोबार भएको थियो । जसअनुसार २३ हजार ६ सय ११ कारोबारबाट दुई अर्ब १० करोड १५ लाख ६५ हजार रुपैयाँ बराबरका एक करोड दुई लाख ५५ हजार छत सय ८० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

नेप्सेका अनुसार यस साता १ सय ८९ कम्पनीहरुको २७ हजार ७ सय कारोबारबाट ९० लाख ७० हजार सात सय ७० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् ।

एनएमबी बैंकको कारोबार उच्च

यस साता कारोबार रकमका आधारमा एनएमबी बैंक अग्रस्थानमा देखिएको छ । सातामा एनएमबी बैंकको १९ करोड ९० लाख ५० हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

यसैगरी कारोबार भएको सेयर संख्या र कारोबार संख्याका आधारमा समेत यस साता एनएमबी बैंक नै देखिएको छ । सातामा ५ लाख ५३ हजार कित्ता सेयर एनएमबीको मात्रै किनबेच भएको छ भने १ हजार ४ सय ५७ वटा कारोबार एनएमबी कै भएको छ ।

कारोबार रकमका आधारमा एनआइसी एसिया बैंक लिमिटेड दोस्रो स्थानमा देखिएको छ । एनआइसी एसियाको यस साता १२ करोड १२ लाख ९० हजार रुपैयाँको सेयर किनबेच भएका छन् ।

कारोबार रकमकै आधारमा तेस्रो स्थानमा देखिएको सानीमा माई हाइड्रोपवर कम्पनीको भने १० करोड रुपैयाँ बढीको सेयर किनबेच भएका छन् ।
नेपाल बैंक लिमिटेड र प्रभु बैंक लिमिटेड यस साता कारोबार रकमका आधारमा क्रमशः चौथो र पाँचौ स्थानमा देखिएका छन् । सातामा नेपाल बैंकको ९ करोड ५० लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ भने प्रभु बैंकको ९ करोड ३६ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रहेको थियो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार हुन सकेन ।

२४ लाख कित्ता सेयर सूचिकृत

यस साता एउटा कम्पनीको मात्रै सेयर सूचीकरण भएको छ । साताभरमा देव विकास बैंकको वोनस सेयर मात्रै सूचीकरण गरिएको नेप्सेले जनाएको छ ।

नेप्सले दिएको जानकारी अनुसार देवः विकास बैंकको २४ लाख ७० हजार ९ सय २३ दशमलव ४१ कित्ता वोन सेयर सूचीकृत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment