विश्वको सबैभन्दा ठूलो चुनौती के होला ? हाम्रा सन्ततीको निम्ती भोलिको सबैभन्दा ठूलो जटिलता के होला ?
जवाफ हो, वायु प्रदूषण ।
विश्वकै वायुमण्डल दुषित हुँदैछ । यो त्यही वायुमण्डल हो, जहाँ हामी पलपल प्राण खोजिरहेका हुन्छौं । हामीलाई बाँच्नका लागि शुद्ध वायु चाहिन्छ । खाना र पानी बिना हामी जति समय जीवित रहन सक्छौं, वायुको अभावमा अर्थात अक्सिजनको अभावमा केही समय पनि बाँच्न सक्दैनौं । भनौं, जीवनका लागि शुद्ध वायु अपरिहार्य आवश्यक्ता हो ।
तर, त्यही वायु अहिले विषालु बन्दैछ । विषालु बायु हाम्रो फोक्सोमा पुग्छ । त्यसले अक्सिजनको आपूर्तिमा कमी त हुन्छ नै, शरीर नै विषालु बन्ने भय हुन्छ । अहिले यस्तै विषालु वायुको कारण क्यान्सर, दम, नाक, कान, घाँटीको समस्या बढेर गएको मेडिकल रिपोर्टले देखाइसकेको छ ।
प्रदूषित वायुको चपेटाबाट हामीपनि सुरक्षित छैनौं । हामीले सास फेर्ने वायु विषालु बन्दै गएको छ । वायु प्रदूषण बढेमा यसले स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन समस्या निम्त्याउने गर्छ ।
अल्पकालिन प्रभाव
वायु प्रदु्षणका कारण स्वास्थ्यमा अल्पकालीन समस्या देखिएमा यसले आँखा, नाक, घाँटी, तथा फोक्सोलाई असर गर्छ ।
वायु प्रदूषण ले आँखालाई असर गरेमा आँखा रातो हुने, आँखा चिलाउने, आँखाबाट आँसु बग्ने लगायतको समस्या हुने गर्छ । त्यस्तै, यसले नाकमा समस्या उत्पन्न गरेमा नाक चिलाउन, नाकबाट सेतो पानी बग्ने, नाक बन्द हुने लगायतको समस्या निम्तने गर्छ । त्यस्तै, यसले फोक्सोमा असर गरेमा व्यक्तिलाई दम लगायत स्वास प्रस्वास नली सम्बन्धि समस्या हुनुका साथै घाँटीको एलर्जी लगायत विभिन्न रोगको संक्रमण हुने गर्दछ ।
दीर्घकालिन प्रभाव
विभिन्न अनुसन्धानले जनाए अनुसार वायु प्रदूषण को नियमित सम्पर्कमा रहेमा वा लामो समय वायु प्रदूषण भएको ठाउँमा रहनाले विशेषगरी बालबालिका तथा वृद्धवृद्धामा फोक्सो रोगको जोखिम बढ्ने गर्छ ।
परिणामस्वरुप बच्चाहरुमा फोक्सोले काम गर्ने क्षमता २० प्रतिशतसम्म कम हुनुका साथै उनीहरुमा दमको समस्या देखिने गर्छ । वायु प्रदूषण ले स्वास्थ्यमा पार्नसक्ने असरलाई कम गर्न पनि घरबाहिर मात्र हैन, घरभित्र पनि विशेष सावधानी अपनाउन जरुरी छ ।
घरभित्र अपनाउनु पर्ने सावधानी
-घरमा धूलो नछिरोस् भन्नका लागि झ्याल तथा ढोकालाई राम्ररी बन्द गर्नु पर्दछ । अन्यथा, वरिपरिको वातावरण स्वच्छ भएमा स्वच्छ हावालाई घर भित्र प्रवेश गर्न झ्याल ढोका केहीबेरका लागि खुला छोड्नु पर्दछ ।
झ्याल, ढोका खोल्दा जालीकेा सहायता लिन सकिन्छ । जालीले धुलोलाई भित्र आउनबाट रोक्नुका साथै किरालाई घर भित्र प्रवेश गर्नबाट रोक्छ ।
-तर घर वरिपरिको वातावरण नै प्रदुषित छ भने कुनै पार्क वा खुला चौर भएको ठाउँमा गएर पनि गहिरो गहिरो सास लिएर पनि त्यहाँको स्वच्छ वातावरणको आनन्द लिन सकिन्छ ।
-तुलसी, घिउकुमारी, चमेली, पुदिना लगायतका हवालाई शुद्ध बनाउने बनस्पती घर-आँगनमा रोपेर पनि घरलाई सुन्दर एवं स्वच्छ बनाई वातावरणीय प्रदूषण लाई कम गर्न सकिन्छ ।
-माटो मलिन भएर बर्षाको समयमा धुलो धेरै उड्ने गर्छ । त्यसैले पनि वरिपरिको क्षेत्रमा हल्का भिजाएर राख्ने तथा माटोलाई ३० देखि ५० प्रतिशतसम्म भिजाउने कोशिश गर्नु पर्छ, ताकि शरीरमा धुलो तथा माटोका कारण एलर्जी तथा अन्य संक्रमण नहोस् ।
घर बाहिर रहँदा
-कम भन्दा कम समय मोटरसाइकल, स्कुटर लगायत गाडी चलाउने र बढी भन्दा बढी समय हिड्ने प्रयास गर्ने । नियमित रुपमा हिड्ने गर्नाले शरीर स्वस्थ रहनुका साथै पेट्रोल तथा डिजेलका कारण हुनसक्ने वातावरणिय प्रदूषण समेत कम हुने गर्छ ।
-हिँड्दा जहिलेपनि फिल्टरयुक्त मास्कको प्रयोग गर्ने । साधारण किसिमको सर्जिकल मास्कले ठूलाको ससाना कणलाई सास नलीमा छिर्नबाट खासै रोक्न सक्दैन ।
-हिँड्दा पनि धेरै प्रदूषण भएको समयमा सकेसम्म हिड्नबाट बच्नु पर्छ । किनकी धेरै प्रदूषण भएको समयमा छिटो छिटो हडि्दा तथा गहिरो लामो सास लिदाँ धुलोका कण स्वाल नली हुँदै फोक्सोसम्म पुग्ने गर्छ । जसका कारण फोक्सो तथा स्वास नलीमा विभिन्न प्रकारको समस्या उत्पन्न हुने गर्दछ ।
-त्यतिमात्र हैन, कार तथा गाडी चलाउने प्रत्येक व्यक्तिले वातावरणीय प्रदूषण कम गर्नका लागि आफ्नो सवारीकेा फिल्टर नियमित रुपमा चेकजाँच गर्नुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया 4