Comments Add Comment

युनिग्लोव कलेजद्वारा एकैसाथ तीनवटा कार्यक्रमको शुरुवात

५ असोज, काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा रहेको युनिग्लोव कलेजले शुक्रबार विजनेस इन्क्युवेशन सेन्टर, कम्युनिकेशन ल्याब तथा फाइनान्स ल्याबको शुरुवात गरेको छ ।  ल्याबको पूर्व स्वास्थ्य मन्त्री गगन थापाले उद्घाटन गरे ।

कलेजका पि्रन्सिपल तथा प्रबन्ध निर्देशक डा.नरबहादुर बिष्टले एकैसाथ तीनवटा कार्यक्रमको उदघाटन गर्नुनै विजनेश कलेजको इतिहासमै विद्यार्थीको छुट्टै पहिचान बनाउने कार्यक्रको विशेष योगदान रहेको बताए ।

युुवा विद्यार्थीहरुका सपना मर्न नदिन उनीहरुको व्यावसायिक विचारलाई छनौट गरी उचित परामर्शसहित व्यापार व्यवसाय र उद्योगधन्दा स्थापना गर्न प्रत्यक्ष रुपमा यस इन्क्युुवेशन सेन्टरले सहयोग गर्ने उनले बताए ।

कार्यक्रमका सभापति डा.खगेन्द्र ओझाले विद्यार्थी केन्दि्रत शिक्षा र बजारको माग अनुसारको दक्ष जनशक्ति उत्पादन गर्न युनिग्लोव अहोरात्र लागी परेको बताए ।

कलेजबाट अध्ययन सकेर शैक्षिक प्रमाणपत्रका साथै इच्छाएको कम्पनी सहित विद्यार्थीहरु दिक्षित हुने जनाइएको छ ।

वित्तीय क्षेत्रमा लगानी सुरक्षित गर्न आवश्यक ज्ञान तथा विश्व बजार र वित्तिय बजारमा भएको उतारचढावको राम्रो अध्ययन गराउनको लागि फाइनान्स ल्यावको समेत उदघाटन गरियाे । साथै विद्यार्थीहरुको बोल्ने कला, लेख्ने कला एवं व्यावहारिक जीवनमा आवश्यक व्यक्तित्व निमार्ण गर्ने कलालाई अझ सशक्त बनाउन कम्युनिकेशन ल्यावको स्थापना गरिएको जनाइएको छ ।

कार्यक्रमको विशेष अथितिमा पूर्व गभर्नर डा.तिलक रावल, बृहद ग्रुपका अध्यक्ष ओम राजभण्डारी, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष भाष्करराज कणिर्कार, पुर्व मिस नेपाल माल्भिका सुव्वा, निरज खनाल लगायत थिए ।

कार्यक्रममा विभिन्न संघसस्थाका प्रतिनिधिहरु, पत्रकार,शिक्षक/शिक्षिका तथा विद्यार्थीहरुको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment