Comments Add Comment

नेकपाका नेता मायाप्रसाद शर्माद्वारा कर्णालीको सचिव अस्वीकार

५ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता मायाप्रसाद शर्माले कर्णाली प्रदेशको सचिव पद अस्वीकार गरेका छन् ।

नेकपाको शुक्रबार विहान बसेको सचिवालय बैठकले शर्मालाई कर्णाली प्रदेशको सचिवको जिम्मेवारी दिएको थियो । तर, सचिवको जिम्मेवारी पाए लगत्तै उनले फेसबुकमार्फत सचिव पदमा नरहने जानकारी गराएका हुन् ।

‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयले नियुक्त गरेको भनिएको कर्णाली प्रदेशको सचिव पदमा नरहने कुराको जानकारी गराउँछु ।’ उनले फेसबुकमा लेखेका छन् । फेसबुकमार्फत सचिवमा नरहने कुरा जानकारी गराए लगत्तै नेता शर्माले मोवाइलसमेत स्वीच अफ गरेका छन् ।

उनका निकटस्थका अनुसार पोटफुलियो नमिलेका कारण उनले सचिव पद अस्वीकार गरेका हुन् । अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले जे भन्यो त्यही हुने भन्दै शर्माले आपत्ति जनाएको एक नेताले बताए ।

नेता शर्मा रामबहादुर थापा बादलसँगै पूर्वमाअोवादी केन्द्रमा एकतामा अाएका नेता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment