Comments Add Comment

बुटवलमा मेयर युवा इलम कार्यक्रम सुरु

४ असोज, बुटवल । बुटवल उप-महानगरपालिकले मेयर युवा इलम कार्यक्रम सुरु गरेको छ । युवाहरुलाई सीपमूल तालिम दिई स्वरोजगार र उद्यमी बनाउने लक्ष्यसहित सुरु गरिएको कार्यक्रममार्फत पहिलो चरणमा ३६५ युवाहरुलाई इलम सिकाइने छ ।

इलम सिकेका युवाहरुलाई दक्षताका आधारमा रोजगारादाताको सहकार्यमा रोजगारी समेत दिने गरी तालिम सुरु गरिएको उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।

कार्यक्रममा यस क्षेत्रका रोजगारदाता र प्राविधिक शिक्षा केन्ऽहरुले उप-महानगरसंग सहकार्य गरेका छन् । तालिम लिन इच्छुकको विषय छानेर तालिम प्रदायकोमा पठाइनेछ । यस्तो तालिम कम्तिमा तीन महिनाको हुनेछ ।

कार्यक्रममा महिला र पुरुष दुबैको बराबरी संख्यामा सहभागीहरु छनौट गरिएको उपप्रमुख गोमादेवी आचार्यले बताइन् । हेभी मेसिन मर्मतदेखि फेसन डिजाइन सम्मका कामहरूबारे विशेष तालिम दिइने छ । युवाहरुलाई हेभी हाइड्रोलिक सिस्टम (स्काभेटर, डोजर, ग्रेडर, रोलर, भाइब्रेटर) का उपकरणहरुको मर्मत गर्नेबारे तालिम दिइने छ । यो कामका लागि पहिलो चरणमा २५ जना युवाहरु छनौट भएका छन् । उनीहरुले यो चरणमा उजिरसिंह नगरको अटो भिलेजमा तीन महिना सिक्नेछन् ।

अटो मेकानिक्सको आधारभूत तालिमका लागि २० जना युवाहरु छनौट भएका छन् । आधारभूतसहित हेभी साधान बनाउने तालिमलेहरुलाई पनि दक्षता र रुचीका आधारमा उपल्लो तहको समेत तालिम दिने तयारी भइरहेको उपमहानगरले जनाएको छ ।

जनरल मेकानिक्समा २२ जना, विल्डिङ सोलार इलेक्टि्रकल तालिममा ३५ जना, होटल म्यानेजमेन्ट अन्तर्गतको कुक तालिममा ८३ जना, एसी, रेपि|mजरेटरमर्मतमा ५४ जना तथा पलम्बिङमा २० र फेशन डिजाइनरमा १०७ जना यो चरणमा छनौट भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment