Comments Add Comment

तान्जानियामा फेरी डुब्दा ८६ को मृत्यु, २०० भन्दा बढी बेपत्ता

६ असोज काठमाडौं । अफ्रिकी देश तान्जानियामा बिहीबार भएको फेरी दुर्घटनामा ८६ जनाको मृत्यु भएको छ भने २०० भन्दा धेरै बेपत्ता भएको आशंका गरिएको छ ।

तान्जानियाको लेक भिक्टोरियामा सयौं यात्रु बोकेको फेरी डुबेको थियो । क्षमताभन्दा धेरै यात्रु बोकेको कारण फेरी दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

स्थानीय मिडियाहरुका अनुसार १०० जना यात्रु क्षमताको फेरीमा ४०० भन्दा धेरै यात्रुले कोचाकोच यात्रा गर्दै थिए ।

बिहीबार ४४ जनाको शव फेला परेको थियो भने शुक्रबार थप ४२ जनाको शव फेला परेपछि अहिलेसम्म ८६ जनाको मृत्यु भएको म्वान्जाका क्षेत्रीय कमिस्नर जोन मोङ्गोलाले पुष्टि गरेका छन् ।

अँध्यारोको कारण उद्दार कार्यमा कठिनाइ भएपछि स्थगित गरिएको उद्दार कार्य शुक्रबार बिहानबाट पुनः संचालन भएको स्थानीय प्रशासनले जनाएको छ ।

प्रहरीका अनुसार ३७ जनाको जिवितै उद्धार गरिएको छ र उनीहरुको अवस्था गम्भीर रहेको छ । डुंगामा यति नै संख्यामा यात्रु थिए भन्ने यकिन नभएको पनि अझै दुई सय भन्दा धेरै बेपत्ता भएको अनुमान गरिएको छ ।

तान्जानियामा यसअघि पनि धेरै पटक ठूला डुंगा दुर्घटना भएका छन् । धेरै जसो दुर्घटनामा क्षमता भन्दा धेरै यात्रु बोक्नु नै प्रमुख कारण रहेको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment