Comments Add Comment

भियतनामका राष्ट्रपति ट्रान डाइ क्वाङको ६१ वर्षको उमेरमा निधन

५ असोज, काठमाडौं । भियतनामी राष्ट्रपति ट्रान डाइ क्वाङको राजधानी हानोइस्थित सैनिक अस्पतालमा निधन भएको छ ।

६१ वर्षीय क्वाङ केही महिना अघिदेखि विभिन्न गम्भीर स्वास्थ्य समस्याले ग्रसित भएको त्यहाँको सरकारी मिडियाले जनाएको छ । रिपोर्टहरुका अनुसार उनी केही महिनादेखि भियतनाम र विदेशमा उपचार गराइरहेका थिए ।

उनी सन् २०१६ अपि्रलमा कम्युनिष्ट मुलुक भियतनामको राष्ट्रपति चुनिएका थिए । त्यसभन्दा पहिले उनी सार्वजनिक सुरक्षा मन्त्रीको रुपमा कार्यरत थिए ।

भियतनाममा राष्ट्रपतिको भूमिका सेरेमोनियल रहेको छ । तर, यो प्रधानमन्त्री, राष्ट्रियसभा अध्यक्ष र कम्युनिष्ट पार्टी प्रमुखसँगै देशको उच्च चार पदमध्ये पर्छ ।

क्वाङ राष्ट्रपति मात्रै नभइ कम्युनिस्ट पार्टीका शक्तिशाली पोलिटब्युरो सदस्यसमेत रहेका थिए ।

क्वाङले आफ्नो करियर प्रहरी अधिकारीबाट सुरु गरेका थिए । साथै उनले सार्वजनिक सुरक्षा मन्त्रालयमा ४० वर्षभन्दा धेरै पर्दा पछाडि रहेर महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

एक इमान्दार कम्युनिस्ट पार्टी सदस्यको रुपमा चिनिउका उनको पार्टीमा हार्डलाइनरको छवि थियो ।

क्वाङको निधनपछि कम्युनिस्ट पार्टीले राष्ट्रिय सभाबाट नयाँ राष्ट्रपति नछानुन्जेल उपराष्ट्रपति डाङ थिन्वोक थिनले कार्यकारी राष्ट्रपतिको रुपमा कार्यभार सम्हाल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment