Comments Add Comment

थ्रीस्टारद्वारा ‘ए’ डिभिजन लिगको लागि टिम घोषणा

५ असोज, काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको लागि थ्रीस्टार क्लबले टिमको घोषणा गरेको छ ।

थ्रीस्टार क्लबले शुक्रबार (आज) ‘ए’ डिभिजन लिगको लागि २५ सदस्यीय खेलाडी घोषणा गरेको हो । टिमको घोषणा गरेपनि कप्तानको टुंगो भने लगाएको छैन ।

शहीद स्मारक ‘ए’ डिभिजन लिग यही असोज १३ गतेदेखि सुरु हुदैछ । करिब ४ वर्षपछि सुरु हुन लागेको लिगको उपाधि रक्षा गर्ने लक्ष्य थ्रीस्टारले बनाएको छ ।

खेलाडी नामावली

गोलकिपरः एलन न्यौपाने, पूर्ण चेम्जोङ, अभिषेक बराल

डिफेन्डरः अनन्त तामाङ, रञ्जित धिमाल, विजय धिमाल, विष्णु सुनार अशोक खवास, जीवन गुरुङ, पिटर सेगुन

मिडफिल्डरः विक्रम लामा, निराजन खड्का, सुनिल बल, रुपेश केसी, मिशान लामा, मिक्छेन तामाङ, दिपेश घले, सुशिल राई, दीपसन राउत

फरवार्डः अनिल गुरुङ, रन्जन विष्ट, बुद्ध लिम्बु, सुसन श्रेष्ठ, अजयी मार्टिन्स, जेनिस प्रजापति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment