Comments Add Comment

कुवेतमा मनाइयो संविधान दिवस

कुवेत / कुवेतमा रहेका नेपालीहरुले पनि नेपालको विद्यमान संविधान जारी भएको दिनको सम्झनामा राष्ट्रिय दिवसका रुपमा मनाएका छन् । कुवेतको क्राउनप्लाजा होटलमा एक विशेष कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो ।

प्रमुख अतिथि र कुवेतका लागि नेपाली राजदूत यज्ञबहादुर हमालले संयुक्तरुपमा दुबै देशको राष्ट्रिय झण्डा कुदिएको कलात्मक केक काटी कार्यक्रमको उद्घाटन गरेका थिए ।

कुवेत सरकारका सहायक परराष्ट्रमन्त्री एचई अली सुलैमान एल-सायिदको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कुवेत सरकारका उच्चपदस्त पदाधिकारीहरु, कुवेतस्थित विभिन्न मुलुकका राजदूत, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संगठनका प्रमुख/प्रतिनिधिहरु, अन्तर्राष्टिय महिला समूहका सदस्यहरु, कुवेती उद्योगी ब्यवसायी, नेपाली श्रमिकहरु कार्यरत कम्पनीका संस्थापकहरु र नेपाली समुदायको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि तथा अन्य अतिथिहरुलाई स्वागत गर्दै आफ्नो सम्बोधनमा कुवेतका लागि नेपाली राजदूत यज्ञबहादुर हमालले नेपाल सधै स्वतन्त्र राष्ट्रको रुपमा रहेको र देशमा विद्यमान राजनीतिक स्थायित्व, सवल आर्थिक अवस्था र प्रचुर प्राकृतिक एवं मानवीय साधन, स्रोतको उपयोग गरी नेपाली नागरिकहरुको सुख र समृद्धिको लक्ष्य प्राप्ति गर्ने दिशामा प्रतिवद्ध भइ सरकारले काम गरिरहेको बताए ।

देशमा वैदेशिक लगानीको लागि उपयुक्त वातावरण रहेको उल्लेख गर्दै उनले नेपालको जलविद्युत, खानी एवं खनिज, कृषि, सूचना तथा प्रविधि, पर्यटन, उद्योग तथा सेवाका क्षेत्रमा लगानी गरी आर्थिक लाभ लिन कुवेती तथा विदेशी उद्यमी, लगानीकर्ताहरुलाई आग्रहसमते गरे ।

कार्यक्रम स्थलमा नेपालको प्राकृतिक सौन्दर्य, कला, सस्कृति झल्कने तस्बीर तथा पर्यटन सम्बन्धी जानकारी मूलक प्रचार सामग्री राखी प्रचारप्रसार गरिएको थियो ।

साथै नेपालको पर्यटन सम्बन्धी डकुमेन्ट्री पनि देखाइएको थियो । सो अवसरमा नेपाली कलाकारहरुद्वारा नेपाली लोक नृत्य एवं सांगीतिक धुन प्रस्तुत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment