Comments Add Comment

मोडरिक, क्रुस र क्यासेमिरो इतिहासकै उत्कृष्ट ?

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले इटालियन क्लब रोमालाई ३-० ले हराएर च्याम्पियन्स लिगमा आफ्नो दबदबा देखायो । जसमा सधैं जस्तो रियल मड्रिडको मिडफिल्ड उत्कृष्ट देखिएको थियो ।

लुका मोडरिक, टोनी क्रुस र क्यासेमिरो २०१५ मा रियल मड्रिड मिडफिल्डमा भेटिएपछि उत्कृष्ट खेल प्रदर्शन भइरहेको छ ।

तीनै खेलाडीलाई रियल मडि्रडले ८० मिलियन युरो मात्रै खर्च गरेको भए पनि उनीहरुबाट पाएको उपलब्धी ठूलो छ । रियल मडि्रड इतिहासकै उत्कृष्ट मिडफिल्डरका रुपमा उनीहरुले आफूलाई प्रमाणित गरिरहेका छन् ।

मोडरिक, क्रुस र क्यासेमिरो सँगै खेलेको पहिलो खेल २०१५ को अक्टोबर ४ मा हो । जसमा प्रशिक्षक राफा बेनिटेजको प्रशिक्षणमा एथ्लेटिको मडि्रडसँग १-१ को बराबरी भएको थियो ।

त्यसको एक महिनापछि च्याम्पियन्स लिगमा उनीहरु तीन खेलाडी एकैपटक खेलेका थिए । जसमा पेरिस सेन्ट जर्मेनलाई रियल मडि्रडले १-० ले हराएको थियो ।

प्रशिक्षक जिनेदिने जिदान आएपछि क्रोएसियन, जर्मन र ब्राजिलियन तीन खेलाडीको मिडफिल्ड तालमेल अझै उत्कृष्ट देखियो । उनीहरुको खेलकै उचाइले रियल मडि्रडले लगातार तीन च्याम्पियन्स लिग उपाधि पनि जित्यो ।

त्यसमा बेलाबखत इस्कोले मिडफिल्डमा निभाउने भूमिका पनि सहायक देखिन्छ । इस्कोले अट्याकमा मात्रै होइन मिडफिल्डमा पनि क्लबका लागि राम्रो योगदान गरेका छन् ।

उनीहरुले गएको तीन सिजन युरोप फुटबलमा बलियो उपस्थिति देखाए जस्तै यो सिजन पनि च्याम्पियन्स लिगमा राम्रो सुरुवात गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment