Comments Add Comment

सुन पसल फुटाएर चोरी गर्ने चारजना पक्राउ

५ असोज, महोत्तरी । महोत्तरी प्रहरीले ज्वेलर्स पसल फुटाएर नगद र सुनचाँदीका गहना चोरी गर्ने चार जनालाई पक्राउ गरेको छ ।

महोत्तरीको भगाह नगरपालिका-७ गोरहन्नास्थित शिवगगा ज्वेलर्स एन्ड बस्त्रालयमा पसल फुटाएर नगद, सुनचाँदीको गरगहना चोरी गर्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले गहनासहित पक्राउ गरेको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

चोरी गरेर भाग्दा भाग्दै उनीहरुलाई पक्राउ गर्न प्रहरी सफल भएको प्रहरी उपरीक्षक कार्कीले बताए ।

घटना भए लगत्तै प्रहरी सक्रियता बढाएकोले प्ररीरीले पक्राउ गर्न सफल भएको बताए । पक्राउ पर्नेमा एक महिलासमेत रहेको प्रहरीले बताएको छ ।

पक्राउ पर्नेहरुमा भगाह नगरपालिका ७ बस्ने अशोक सिह, बिजुली सदा, राकेश पासवान र किरणकुमारी साह रहेका छन् ।

प्रहरी उनीहरुको साथबाट चोरी गरिएको १ किलो चादी, सुनको विभिन्न गरगहना समेत बरामद गरेको छ । बरामद सामग्री ३ लाख भन्दा मूल्य रहेको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार पक्राउ परेका अशोक सिंह घटनाको मुख्य योजनाकार रहेको बताए । प्रहरीले चोरी घटनामा प्रयोग हुने सरसामानसमेत बरामद गरेको छ ।

केही दिनअघि भगाह नगरपालिका ६ स्थित जमुनियामा गोली प्रहार गरी १० लाख भन्दा बढी लुटपाट भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment