Comments Add Comment

इन्जिनियरिङमा अब्बल छौंः केईसी अध्यक्ष प्रधान

५ असोज, काठमाडौं । कालीमाटीस्थित काठमाण्डौ ईन्जिनियरिङ कलेज -केईसी)ले २० वर्षदेखि शिक्षा क्षेत्रमा क्रियाशील छ । आफ्नो कलेजमा बिद्यार्थीहरुको आकर्षण बढिरहेको केईसी सञ्चालकको दावी छ । कलेजका अध्यक्ष तथा प्राध्यापक हृरेन्द्रमान प्रधानसँग गरिएको संक्षिप्त कुराकानीः

कलेजको दुई दशकको यात्राबारे अनुभव सुनाई दिनुस् न ?

यस कलेजको स्थापना सन् १९९८ मा भएको हो । हामीले सुरुमा सिभिल ईन्जिनियरिङ विषयबाट पढाई सञ्चालन गरेका थियौं । त्यसपछि आर्किटेक्चर, इलेक्ट्रोनिक्स, कम्युनिकेसन एन्ड इन्र्फमेसन विषयको पढाई सुरु गरेका हौं ।

केईसीमा विद्यार्थीको आकर्षण बढ्नुको कारण के होला?

पहिलो कुरा त हामीले दिएको स्तरीय शिक्षा नै हो । हामीकहाँ पढ्ने विद्यार्थी सबै रोजगारीमा लाग्न सक्षम हुन्छन् । थप अध्ययनका लागि विदेशी तथा स्वदेशी विश्वविद्यालयमा पनि छात्रवृत्तिमा गएका छन् । यो नै हाम्रो सफलताको मुख्य कारण हो ।

स्तरीय शिक्षा भन्नुभयो, के गर्न सकियो भने यस्तो शिक्षा दिन सकिँदो रहेछ?

हामी टिम स्पिरिटमा काम गछौर्ँ । शिक्षकहरु अनुभवी हुनुहुन्छ । हामी सगँ स्थाई शिक्षकमात्र एक सय जति हुनुहुन्छ । उहाँहरु सबै जना बिषयगत रुपमा अत्यन्त दक्ष हुनुहुन्छ, अनुभवी हुनुहुन्छ । त्यसबाहेक हामीसगँ विद्यार्थीलाई चाहिने सम्पूर्ण सुविधा छ । पुस्तकालय छ, भौतिक सुविधा पर्याप्त छ ।

त्रिवि अन्तर्गतका ईन्जिनियरिङ कलेज मध्ये तपाइँको स्थान कहाँ छ जस्तो लाग्छ ?

त्रिभुवन विश्वविद्यालय ईन्जिनियरिङ अध्ययन संस्थान पूल्चोक पछिको कलेज भनेको हाम्रो नै हो । यस हिसाबले हाम दिोस्रो स्थानमा छौँ भन्ने दाबी गर्छौँ । अन्य कलेजमा विद्यार्थी अभाव भईरहेका बेला हामी कहाँ भने पर्याप्त विद्यार्थी आउँछन् । नतिजा अब्बल छ ।

कलेजको भावी योजना के छ ?
अहिले भाडाको घरमा कलेज सञ्चालन गरिरहेका छाैं । यसको मतलब हामीसँग सुविधा सम्पन्न संरचना छैन भन्ने हैन । यति हुँदा हुँदै पनि हामी छिट्टै आफ्नै भवन बनाएर सर्ने योजनामा छौँ । यसका लागि ३० रोपनी जग्गा समेत खरिद गरिसकेका छौ । अझ थप्ने प्रक्रियामा छौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment